प्रदुषणयुक्त दुध वितरण केन्द्रमाथि कडा कार्वाही गर्न कृषिमन्त्री खनालको निर्देशन

२४ जेठ ७६, शुक्रबार
Share this
748shares

२४ जेष्ठ, २०७६

Advertisement

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्यमा हानी पु¥याउने खालका सबै दुध वितरण केन्द्रमाथि कडा कार्वाही गर्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन् ।

मन्त्री खनालले काठमाडौं उपत्यका भित्र रहेका प्रदुषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन पनि सम्बन्धित निकायलाई सचेत गराए । ‘११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस’को अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले आफूले मानव स्वास्थ्यमाथि गम्भिर असर पु¥याउने खालका दुध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिएपनि सोही अनुसारको काम गर्न नसकेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

Advertisement

मन्त्री खनालले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिने गरी सरकारले काम गरेपनि त्यसमा कर्मचारी प्रशासनले साथ दिन नसकेको गुनासो पनि गरे । उनले पोषणयुक्त खाद्य बस्तुको उत्पादनदेखि वितरणसम्मको कामलाई व्यवस्थित बनाउन सरकारले अभियान संचालन गरेपनि पर्याप्त हुन नसकेको पनि स्विकार गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top