आज सारेगमपाको अन्तिम परिणाम सार्वजनिक हुँदै, को बन्ला बिजेता ?

२६ जेठ ७६, आइतबार
Share this
742shares

काठमाडौँ । भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य र आयुष केसी टप ६ अर्थात् फाइनलमा पुगेका छन् । आयुष र प्रितम २० हजार भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पर्दै फाइनलमा पुगेका हुन् । फाइनलमा पुग्नुभन्दा पहिले अर्थात् सेमिफाइनलमा प्रितमले ‘हम दिल दे चुके सनम’ को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए भने आयुषले कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ गाएका थिए।

Advertisement

नेपालका दुई बालगायकले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । फाइनलमा आयुष र प्रितम सहित ,अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास र भारतीय बालक महम्मद फैज छन्। उनीहरुले शनिबार राति पहिलाका राउन्डमा गाएका गीत नै गाएका थिए । आइतबार टप ६ प्रतिस्पर्धीहरुको अन्तिम परिणाम सार्वजनिक हुँदैछ । यस शोको बिजेता को बन्छ त्यो भने आज बेलुका नै थाहा हुन्छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top