×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

२८ जेष्ठ २०७६

२८ जेष्ठ, विराटनगर ।

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ ।

Advertisement
Advertisement

मंगलबार प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको असहमतिका बाबजुद सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कांग्रेसले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएन । कांग्रेसका सात जना सांसदले विभिन्न ११ वटा बुँदामा संशोधन दर्ता गराएका थिए ।

त्यसैगरी संघीय समाजवादी पार्टीले पनि नीति तथा कार्यक्रममा संसोधन दर्ता गराएको थियो। संघीय समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले नीति तथा कार्यक्रमको पहिलो बुँदामा जनआन्दोलन र सशस्त्र सर्घषसँगै मधेश आन्दोलन पनि समेटिनुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए ।

मुख्यमन्त्री शेरधन राईले संशोधन प्रस्तावलाई यथोचित रुपमा सम्बोधन गर्ने आवश्वान दिएपछि यादवले आफ्नो संशोधन फिर्ता लिएका थिए ।

मुख्यमन्त्री राईले कांग्रेसका तर्फबाट शेखरचन्द्र थापा लगायतका सात जना सांसदले दर्ता गराएको ११ वुँदे संशोधन प्रस्तावलाई पनि नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए ।

संशोधनकर्ता शेखरचन्द्र थापाले मुख्यमन्त्री राईको भनाईले संशोधनकर्ताको भावनालाई सम्बोधन गर्न नसक्ने भन्दै फिर्ता लिन मानेनन् ।

Advertisement
Advertisement

प्रदेशसभामा गत जेष्ठ २३ गते प्रदेश प्रमुख प्रा डा। गोबिन्द सुब्बाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको आगामी बर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा २७ जना सांसदले भाग लिएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top