२८ जेष्ठ २०७६ इटहरी : इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सदभावना दुत घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसदभावना दुत घोषणा गरिएको पत्र प्रदान गरिन् ।
प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेका थिए । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन् । उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको वताइन । प्रमुख प्रशासकीय अघिकृत विमलीले प्रितमको प्रगतिको कामना गरे । वालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सहयोग र माया प्रति धन्यवाद दिएका छन् ।
यसअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा र उपमेयर गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए । आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएका छन । प्रितमले वालसदभावना दुत घोषणा कार्यक्रममा देशले रगत मागे मलाई वलि चढाउ वोलको चर्चित गीत गाएका थिए ।