२९ जेठ, विराटनगर । देश १ का मोरङ सुनसरीमा डेंगु फैलिए पछि प्रदेश १ सरकारले ७ दिन भित्र नियन्त्रण गर्न सम्बन्धीत सरोकारवालालाई निर्देशन दिएको छ । सुनसरी जिल्लामा डेगु प्रकोपको रुपमा फैलिएको र अन्य जिल्लामा पनि डेगुका संक्रमित फेला परेपछि बुधबार प्रदेश स्तरीय सरोकारवालाहरुको बैठकमा बोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ सरकार डेगुलाई पूर्ण रुपमा नियन्त्रण गर्न कठिबद्ध भएको बताउदै बिहिबारदेखि ७ भित्रमा स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर १ का भोगेन्द्र डोटेलको नेतृत्वमा झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर डेगु नियन्त्रण गर्न सरोकारवालाहरुलाई निर्देशन दिए । उनले दैनिक भएको प्रगति प्रमुख जिल्ला अधिकारी र प्रमुख सचिवलाई जानकारी गराउन पनि आग्रह गरेका छन । उनले सचेतनाका कार्यक्रमलाई व्यापक रुपमा अगाडि बढाउन र बजेट व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने पनि बताएका छन् ।
कार्यक्रममा बोल्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक उपनिर्देशक डाक्टर विकास साहले अहिलेसम्म ४ सय जनामा डेगुको संक्रमण भेट्टिएको जानकारी दिदै दैनिक रुपमा ३० जना डेगु संक्रमित प्रतिष्ठानमा आउने गरेको बताए । विशेष गरी डेंगुको लामखुट्टे सफा र जमेको पानीमा रहने गर्छ र यसले दिउसो मात्र टोक्ने गर्दछ ।