युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली रेल चढेर बेलायतबाट फ्रान्स पुगेका छन् । प्रधानमन्त्री ओली दुईदिने बेलायत भ्रमण सकेर बुधबार रेलबाट फ्रान्स प्रस्थान गरेका हुन्।
नेपालमा चीन र भारत दुवैतिरबाट रेल ल्याउने योजना सुनाएर चर्चामा रहेका ओलीले भूमिगत रेलमा लन्डनबाट फ्रान्सको पेरिसतर्फ लागेका हुन् । बेलायत अघि ओलीले दुई दिन स्विटजरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहमा भाग लिएका थिए । बेलायतमा पनि उनले कार्यवाहक प्रधानमन्त्री टेरिजा मे र राजकुमार ह्यारीसँग भेटवार्ता गरेका थिए । ओलीले बिहीबार फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डसँग वार्ता गर्नेछन् ।