फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित दर्ता गरेको छ ।
चीनले दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले हरायो । समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको हो ।
फ्रान्सको पेरिसमा भएको खेलमा चीनलाई जित दिलाउनका लागि लि यिङको गोल निर्णायक बन्यो । उनले खेलको ४०औं मिनेटमा गोल गरेकी थिइन् ।