३१ जेष्ठ, रसुवा ।
चिनियाँ कम्पनीलाई निर्माणको जिम्मेवारी दिइएको रसुवास्थित ७८ मेघावाट क्षमताको साञ्जेन खोला जलविद्युत आयोजनाले लगानी जुटाएको छ ।
शुक्रबार काठमाडौंमा चिनियाँ कम्पनी सिएचईसी तथा नेपाल इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बैंकबीच सो आयोजनामा लगानी लागि ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो । इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बंैक पार्टनर रहेको सो आयोजनामा ९२ प्रतिशत चिनियाँ कम्पनी सिएचईसी र ८ प्रतिशत नेपालीको साझेदारी रहनेछ ।
रसुवा जिल्लामा रहेको सो आयोजना निर्माणमा १३ अरव २० करोड लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्वीटी रहनेछ । यो जलविद्युत आयोजना चिनियाँ कम्पनीले पहिलो पटक लगानी गर्न लागेको आयोजना हो । आगामी ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजना वरपरको सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ ।