NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

चिज बनाउन दूधको अभाव

बिहिबार माघ ११ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
चिज बनाउन दूधको अभाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

धनकुटा, माघ ११
जिल्लाका पकेट क्षेत्रमा खोलिएका उद्योगमा दूध अभावका कारण चिज उत्पादनमा समस्या भएको छ । ढुवानीसँगै दूधमा हुने मिसावटका कारण शुद्ध गाईको दूध अभावमा छथर जोरपाटीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा चिज उत्पादनमा समस्या भएको छ ।

जिल्लाका विभिन्न २३ व्यावसायिक गाईपालन केन्द्र र घर घरमा पालेका गाईभैँसीबाट मासिक एक लाख लिटरभन्दा बढी दूध उत्पादन हुने सहकारी संस्थाको अनुमान छ । कूल उत्पादनको ४० प्रतिशत दूध जिल्लामा खपत भए पनि बाँकी ६० प्रतिशत दूध बाहिरी जिल्ला निकासी हुने गरेको पशु विकास कार्यालय धनकुटाले जनाएको छ ।

चिज उत्पादनका लागि अवाश्यक शुद्ध गाईको दूध अभावमा दैनिक एक हजार ६०० लिटरबाट मात्र चिज उत्पादन हुने संस्थाका प्रमुख योगेन्द्रबहादुर भट्टराईले बताउनुभयो । एक सय ८० किलोभन्दा बढी चिज बनाउने क्षमता भएको उद्योगमा गाईको दूध अभाव भए पनि हाल ११५ किलो चिज उत्पादन हुने गरेको भट्टराई बताउछन् ।

Advertisement

दुई वर्षअघि ३० लाखको लागतमा सञ्चालन भएको महालक्ष्मी नगरपालिकाको चित्रेमा रहेको महालक्ष्मी डेरी उद्योगमा गाईको शुद्ध दूधको अभावका कारण चिज उत्पादनमा समस्या भएको उद्योगी रामबहादुर पौडेलले बताए ।

चिज उद्योगले शुद्ध गाईको दूध नपाउँदा कम गुणस्तरको चिज उत्पादनमा हुने भएका कारण उत्पादन क्षमता भएर पनि कम उत्पादनमा नै चित्त बुझाउनुपरेको पौडेल बताउछन् ।

घर घरबाट दूध ढुवानी गर्न नसकेका कारण मिसावटका कारण संकलित दूधबाट चिज बनाउन नसकेपछि छुर्पी बनाएर बेच्नुपर्ने बाध्यता बनेको पौडेलको भनाइ छ । किसानको घरसम्म ढुवानी खर्च प्रतिलिटर तीनभन्दा बढी हुने भएकाले समस्या बनेको छ । दूध संकलन केन्द्रमा शुद्ध दूध नपाउँदा चिज उत्पादनमा समस्या भएको हो ।

उद्योगका लागि दैनिक चाहिने दुई हजार ५०० लिटर शुद्ध दूध संकलन गर्न चुनौती व्यहोर्नु परेको छ । स्थानीय बजारमा प्रतिलिटर रु ६० मा पर्ने दूधको मूल्य किसानले रु ३२ देखि रु ३५ पाउने गरेका छन् । चिज उत्पादनमा कम चिल्लो पदार्थ भएको दूधमात्र उपयुक्त मानिने जिल्ला पशु कार्यालयका निमिक्त प्रमुख झवीन्द्र मरासिनीले बताए ।

मरासिनीका अनुसार गाईको शुद्ध दूधमा ३.५ देखि ४ प्रतिशतसम्म चिल्लो पदार्थ चिजका लागि उपयुक्त मानिन्छ । भँैसीको दूधमा सातदेखि आठ प्रतिशतसम्म चिल्लो पदार्थ हुने भएकाले कम गुणस्तरको मानिने मरासिनीको भनाइ छ । गुणस्तरीय चिज उत्पादन गर्न सामान्यतः एक महिनादेखि ४५ दिनसम्म लाग्छ । ढुवानी अभावमा किसानको घरबाट दूध ल्याउन नसकेपछि दर्जनौँ संकलन केन्द्रबाट दूध ल्याउनुपरेका कारण शुद्ध दूध पाउन निकै समस्या भएको उद्योगी बताउँछन् ।

जिल्लाका दुग्धजन्य उद्योगबाट १३ मेट्रिक टन चिज, १६ मेट्रिक टन छुर्पी, १२ मेट्रिक टन घ्यू र २० मेट्रिक टन पनिर गरी रु दुई करोड ८९ लाख बराबरको दुग्धजन्य परिकार निकासी हुने गरेको कार्यालयको तथ्यांक छ ।
रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.