नोबेल मिस नेवाको ट्यालेन्ट राउण्ड सम्पन्न

३२ जेठ, विराटनगर। विराटनगरमा आयोजना हुने नोवेल मिस नेवाः को फाइनल राउण्ड लागि १२ जना प्रतियोगीहरुले आआफनो प्रतिभा प्रस्तुत गरेका छन् ।

Advertisement

स्थानीय बिग होटलमा शनिबार आयोजित ट्यालेन्ट राउण्डमा १२ जना नेवारी युवतीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । टयालेन्ट राउण्डको निर्णायकमा मोडल स्वेता तुलाधर, पूर्व मिस नेवा रायसा श्रेष्ठ र झिपुचका सुरेश श्रेष्ठ रहेका थिए । यसपटकको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ भने मुख्य प्रायोजक रमपम र गुडलाइफ रहेको छ । यस्तै अन्तिम फाइनल राउण्डमा प्रवेश पाउने गरी प्रतियोगीहरुका लागि भोटिङ लाइन पनि खुला गरिएको छ ।

प्रतियोगितामा सहभागि १२ जना प्रतिस्पर्धीहरुका लागि अलग्गै कोडका साथ भोटिङ लाइन खुला गरिएको आयोजक मञ्जिना मुभिजका प्रबन्ध निर्देशक जतिन ताम्राकारले बताए । भोटिङका लागि मोबाइलको म्यासेज बक्समा गएर मिस नेवा कोसीको एम एन के स्पेस अनि प्रतियोगीलाई दिएको कोड नम्बरका साथ ३८६८७ मा म्यासेज पठाउनु पर्नेछ ।भोटिङ मार्फत सर्वाधिक भोटप्राप्त गर्ने प्रतियोगी अन्तिम ६ मा पुग्ने र विभिन्न टाइटलको हकदार बन्ने ताम्राकारले बताए । भोटिङ लाइन आगामी असार ७ गते अपरान्ह ४ बजेसम्मका लागि खुला गरिएको छ । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर १२ जना युवती फाइनलमा प्रवेश गरेका छन् । विराटनगरसहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरानलगायतका युवतीहरू छनौट भएका छन् । .नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक ताम्राकारले जानकारी गराए । यसपटकको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको ताम्राकारले बताए ।

Advertisement

एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । फाइनलमा प्रवेश गरेका युवतीहरूलाई अहिले विराटनगरमा बन्द प्रशिक्षणमा राखिएको छ । यसपटकको मिस नेवा विजेतालाई टिभिएस कम्पनीको जुपिटर स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । यही असार ७ गते विराटनगरस्थित वीरेन्द्र सहभागृहमा भव्य समारोहका बीच प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरूको समेत सहभागिता रहने प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top