गुठी विधेयक सच्चाउन सरकार तयारःप्रधानमन्त्री ओली

गुठी विधेयक सच्चाउन सरकार तयारःप्रधानमन्त्री ओली

१ असार, काठमाडौं । आफुहरुको संस्कृतिमाथि धावा बोल्न खाजेको भन्दै गुठी विधेयकलाई लिएर अहिले सरकार विरुद्ध आन्दोलन भइरहेको छ । यो सबै प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा रहेको बेला नेपालमा सुरु भएको हो । आफ्नो साताव्यापी भ्रमण सकेर प्रधानमन्त्री ओली आज नेपाल आइपुगेका  छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाएका  छन्। प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘धर्म संस्कृतिमा प्रतिकुल असर पर्ने खालका प्रावधानहरु जानेर या नजानेर परेका भए त्यसलाई सरकारले सच्याउँछ ।’ उनले सरकार जनताको मन दुखाउन नभई हसाउनका लागि बनेकाले कहीँ कतै केही कुराहरु नमिलेको भए त्यसलाई सच्चाएर अघि बढ्ने स्पष्ट पारे । गएको जेठ २५ गते युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका  छन् ।

प्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुखलगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.