राष्ट्रपति भण्डारीले गरिन् लोकसेवा आयोगको प्रशंसा

राष्ट्रपति भण्डारीले गरिन् लोकसेवा आयोगको प्रशंसा

१ असारकाठमाडौं । राष्ट्रपति विद्या भण्डारीले लोक सेवा आयोगको कामकार्वाहीको खुलेर प्रशंसा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले लोक सेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन पनि आग्रह गरिन् ।

आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माण गर्ने सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको पनि स्मरण गराइन्। लोक सेवा आयोगले परिक्षण पद्धतिलाई समय सापेक्ष बनाउने प्रयोस गरिरहेको पनि राष्ट्रपति भण्डारीको भनाई छ ।

राष्ट्रपति भण्डारीले संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि गरिन्। त्यस अवसरमा उहाँले कर्मचारीहरुलाई राष्ट्रको आर्थिक तथा सामाजिक उन्नति तथा प्रगतिमा समर्पित भएर जुट्न पनि आह्वान गरिन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.