१ असार, काठमाडौं ।
सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समिकरण बदल्ने खेल भईरहेको बताएका छन् ।
विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भईरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समिकरण फेरबदलको खेल भईरहेको खुलासा गरेका हुन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाईदा उठाईरहेको र तीनै शक्ति केन्द्रसंगको मिलेमतोमा सरकारको समिकरण फेरबदलको तयारी भईरहेको दाबी गरेका हुन ।
उनले भने, “विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ । यहाका कतिपय दलका नेताहरु यही मुद्धालाई लिएर समिकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकिर्ण सोचबाट पनि हेरिरहेका छन् । कतिपयले यही मुद्धालाई उठाएर पेलेको पेलेइ गरेर आफु सधै सत्तारुढ बन्न पाईन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन् । कतिपयले यही मुद्धालाई केन्द्रविन्दु बनाएर समिकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ । ”
नेताहरुको कमजोरीबाट नाजायज फाईदा उठाएर फेरी नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भईरहेको पनि उनले उल्लेख गरे । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहदैन भन्ने स्थितिमा मुलुक पुगेको दाबी उनले गरे ।
उनले भने, “नेपाल अव विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन । दक्षिण कोरिया मात्रै हुनेवाला छैन । दुईवटा छिमेकी राष्ट्रको वीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहदैन ? त्यो दिशा तर्फ जादै छ । ”
पश्चिमा शक्तिले फेरी पनि शान्ति प्रक्रियासंग जोडिएको मुद्धालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उनले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए ।
शान्ति प्रक्रियाका बाँकी मुद्धा सम्बोधन नभएको भन्दै उनले त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उनले पश्चिमा शक्तिकेन्द्रहरु नेपालमा शान्ति कायम हुन नदिने जसरी पनि द्धन्द्ध मच्चाउने र द्धन्द्धका मुद्धा समाधान हुन नदिने षडयन्त्रमा लागेको दाबी गरे । नेपालमा फेरी पनि द्धन्द्ध निम्त्याएर विदेशी सेना नेपालमा भित्र्याउने छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने षडयन्त्रमा विदेशी शक्ति लागेको उनको तर्क थियो । यही उद्देश्य पुरा गर्नका लागि द्धन्द्धकालिन समयका मुद्धालाई अड्काउने काम भएको दाबी उनले गरे ।
विगतमा मुद्धा लगाईएका कयौंलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तिब्र हुदै गएको भन्दै उनले नेपालको राजनीतिक कोर्षबारे चिन्ताको विषय बनेको बताए ।
हालै संयुक्तराष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको बताए । संयुक्तराष्ट्रसंघ नेपाल पक्षधर हुँदा हँुदै कुटनीतिक मर्यादा उलंघन गरेर नौवटा मुलुकसंग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको दाबी उनले गरे ।
उनले भने, “यो मुद्धालाई यथावत राखिराख्ने हो भने हेरिराख्नुहोला, यही मुद्धामा टेकेर विदेशी सेना आउनेवाला छ । ”
मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हँुदै उनले एकाधिकार दलाल पूँजीवाद भुमिव्यवस्थापनको मुख्य चुनौति रहेको बताए । बहुराष्ट्रिय कम्पनीले बैकसंग ऋण लिने र घरजग्गाको कारोबार गर्ने र सो कारोबार मार्फत ठुलो परिमाणमा जमिन एकाधिकार दलाल पूँजीवादको कब्जामा जाने गरेको भन्दै उनले त्यसैमा केन्द्री भएर भुमिसुधार मन्त्रालयले योजना बनाउनुपर्नेमा जोड दिए ।