पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना बृद्ध बुबाआमाको खातामा

पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना बृद्ध बुबाआमाको खातामा

१ असार, काठमाडौं ।

सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना बृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने कानुनी व्यवस्था गर्ने भएको छ ।

सरकारले संघीय संसदमा पेश गरेको ज्येष्ठ नागरिक सम्बन्धि विधेयकमा हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना वृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने प्रावधान राखिएको हो । ज्येष्ठ नागरिकहरुमाथि आफ्नै सन्तानले अपहेलना गरेको पाईएपछि कानुनी रुपमै उनीहरुको संरक्षणका लागि सन्तानको पारिश्रमिक उनीहरुका वृद्ध बुबाआमाको खातामा पनि जम्मा गरिदिनुपर्ने कानुनी व्यवस्था गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिईन् । ज्येष्ठ नागरिक दूव्र्यवहारविरुद्धको १४ औं विश्व चेतना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरोकारवाला निकायसँग छलफल गरेर ज्येष्ठ नागरिकहरुको उचित हेरचाहको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताईन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राज्यले ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गरेकि थिईन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.