मोरङको सुन्दरहरैचामा दुर्घटना १ जनाको मृत्यु, २ जना घाइते

मोरङको सुन्दरहरैचामा दुर्घटना १ जनाको मृत्यु, २ जना घाइते

२ असार, विराटनगर । मोरङको सुन्दरहरैचा ३ गछिया स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को २ च १८६१ नं को पिक अपले सोहि दिशा आउँदै गरेको को २२ प २४८४ नं को स्कूटरलाई ठक्कर दिँदा अनियन्त्रित भई बिपरीत दिशा तर्फ गईरहेको को १ ख ३५०५ नं को मिनी ट्रकमा ठोकिएको थियो। दुर्घटनामा स्कूटर चालक मोरङको पथरी शनिश्चरे ८ का ३० वर्षीय नानी माया लिम्बु, ६ वर्षीय रोबिन लिम्बू घाइते भएका छन् भने सोहि नगरपालिकाका ४२ वर्षीय यमुना वास्तोलाको बिराट नरसिंह होम बिराटनगरमा उपचारको क्रममा ज्यान गएको छ।

घाइते दुईजनाको सोहि अस्पतालमा उपचार भइरहेको छ भने पिक अप प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.