विद्यार्थी कुट्ने पत्रकार निलम्वित

विद्यार्थी कुट्ने पत्रकार निलम्वित

२ असार, उदयपुर ।

आईतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका स्थानीय पत्रकार देवराज राई पक्राउ परेका छन् ।

पत्रकार राईसहितको चार जनाको समूह चौदण्डीगढी नगरपालिका– ६ स्थित ज्योती बहुमुखी क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका हुन् । बिएड प्रथम वर्षमा अध्यायनरत बिद्यार्थी माथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको जानकारी दिएको छ ।

शिक्षक द्रोण पराजुलीले पढाई राखेको अबस्थामा एक्कासी पत्रकारहरु कक्षा कोठामा पसि बिद्यार्थी माथि कुटपिट गरेको प्रहरी निरिक्षक पौडेलको भनाई छ । पत्रकार राई उदयपुर पत्रकार महासंघमा आवद्ध साधारण सदस्य, गाईघाटबाट प्रकाशित हुने त्रियुगा एक्सप्रेस दैनिकका कार्यकारी सम्पादक हुन् । राईको टोलीमा उदयपुरबाटै प्रकाशन हुने उदयपुर सिम्रिक दैनिकका कार्यकारी सम्पादक रहेका उल्टोमोटर साइकल यात्री चित्रकुमार कार्की, पत्रकारनै भनि हिड्ने हेण्डवल खेलाडी तथा मिस प्रदेश १ की विजेता रमिला बस्नेत रहेकी छिन् । कार्की र बस्नेत पत्रकार महासंघमा आवद्ध छैनन् । राई, कार्की र बस्नेतको टोलीमा स्थानीय युवा शिव रोईला समेत पक्राउ परेका छन् । प्रहरीले अनुसार विद्यार्थी पत्रकारबीच भएको झगडाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताएको छ ।

पत्रकार महासंघ उदयपुरद्वारा राई निलम्वित


यसैबीच पत्रकार महासंघ उदयपुरका शाखा अध्यक्ष भरत खड्का र सचिव पशुराम थापाले एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ उदयपुरका साधारण सदस्य देवराज राईलाई निलम्वन गरेको घोषणा गरेका छन् ।

विज्ञप्तिमा ‘विद्यालय परिसर भित्र प्रवेश गरी अध्ययन गरिरहेका विद्यार्थीहरु माथि गरिएको यो घटना प्रति महासंघ दुखी छ । यसर्थ घटनाको निश्पक्ष छानविन गरी यथार्थ जानकारी ल्याई दिन समेत सम्बन्धित निकाय सँग अपिल गर्दछौँ भनिएको छ ।

घटनामा संलग्न पात्रहरु चित्र कार्की, रमिला बस्नेत महासंघका सदस्य समेत नरहेको जानकारी गराउँदै महासंघका साधारण सदस्य देवराज राईलाई नेपाल पत्रकार महासंघको विधानको दफा ३२ अनुसार पत्रकार आचारण विपरित कार्य गरेकाले अनुसन्धानमा सहयोग पु¥याउनको लागि निज राईको महासंघको साधारण सदस्यता निलम्बन गरिएको विज्ञप्तिमा जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.