×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गृहमन्त्रालयलाई ‘अजिंगर’को संज्ञा

२ असार २०७६

२ असार, काठमाडौं ।

सत्तारुढ दल नेकपाकै सांसदले गृहमन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद गजेन्द्र बहादुर महतले अधिकार धेरै भएपनि गृहमन्त्रालयले त्यसको उपयोग गर्न नसकेको बताएका हुन् । उनले गृहमन्त्रालयलाई “अजिंगरको” संज्ञा दिए । उनले भने, “म त गृहमन्त्रालय कस्तो देख्नु भने ‘अजिंगर’ जस्तो । नजिक आए खाईदिने टाढा गएर शिकार नगर्ने । अहिले हाम्रो गृहमन्त्रालय यस्तो छ । ”

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले राम्रो संग काम नगर्दा सर्वसाधरण सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समुहसंग न्याय खोज्न जानेगरेको खुलासा समेत उनले गरे ।

उनले भने, “७७ वटै जिल्लाका सिडियो छन् । प्रहरी प्रमुखहरु छन् । उनीहरुलाई निर्देशन दिने हो धेरै काम हुन्छ । भ्रष्टाचार आधा कम हुन्छ । जनताको आधा समस्या हल हुन्छ । मान्छेहरुले विप्लवकोमा ‘ओइ मेरो मुद्दा हेरि दे’ भन्न जानु पर्दैन ।”

भ्रष्टाचार नियन्त्रणमा अहिले पनि कमि नआएको भन्दै उनले जनताको र देशको पक्षमा काम गर्ने सिडिओ पठाउने व्यवस्था गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने, “गृहमन्त्रालयले चाह्यो भने दुईतिहाईको सरकारलाई चाडो भन्दा चाडो रिजल्ट दिन सक्छ । यो त न जनतासंग जोडिएको छ न जनप्रतिनिधिसंग जोडिएको छ । कसरी चलिरहेको छ ?

उनले क्षमतावान व्यक्तिहरुलाई जिल्ला पठाउन पनि सुझाएका छन् । उनले भने, “सिडीओ अलि छानेर पठाउनुपर्यो नि । नेकपाको प्रतिनिधि पठाउनु भन्या होइन । अलि क्यापेबल पठाउनुहोस् । त्यहा गएर खाली चिया खाएर गफ गर्ने, गाई चराउन जाने सिडिओ हामीलाई चाहिएको छैन । हामी संगै टक्कर दिने सिडिओ चाहियो के ।”

Advertisement

सांसद महतले नेपाल टेलिकमका कर्मचारीले एनसेल संगको मिलेमतोमा आफ्नो सेवाको गुणस्तरमा कमि ल्याउने काम गरेको उल्लेख गर्दै त्यस तर्फ संञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top