भ्रष्टाचार अभियोगमा मुद्दा दायर

१० माघ ७४, बिहीबार

काठमाडौँ, माघ ११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु तीन लाख २२ हजार २४० बराबरको भ्रष्टाचार गरेको अभियोगमा महेन्द्र आधारभूत विद्यालयका तत्कालीन प्राधानाध्यापक विनोदकुमार गौतमविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

Advertisement

विद्यालयको भवन, शौचालय निर्माणमा अनियमितता गरेको, छात्रवृत्तिका लागि प्राप्त भएको रकम विद्यार्थीलाई वितरण गरेको भन्ने सन्दर्भमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन प्रअ गौतमको अनियमितता देखिएको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता पदमप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले बिगो असुलउपर गरी कारबाही गर्ने मागदाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top