२ असार, विराटनगर । डेंगुको प्रदेश १ का कुनैपनि अस्पतालमा उपचार गर्दा आवश्यक भन्दा बढी शुल्क लिएमा प्रदेश सरकारले कारवाही गर्ने भएको छ ।
सुनसरी र मोरङमा डेगुको संक्रमण फैलिएपछि त्यसको उपचारमा अनियमित रुपमा बढी शुल्क लिइएको गुनासो आएपछि प्रदेश १ सामाजिक विकास मन्त्रालयले यस्तो कदम चालेको हो । सामाजिक विकास मन्त्रालय अन्र्तगत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका आयुर्वेद चिकित्सक डा. सरोजप्रसाद विशालले सोमबार एक विज्ञप्ति जारी गर्दे डेगुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर स्थित कोशी अस्पतालमा निशुल्क गर्ने ब्यवस्था मिलाइएको पनि जानकारी दिएका छन् । विज्ञप्तिमा केही निजी क्षेत्रका अस्पतालका साथमा सामाजिक विकास मन्त्री जिवन घिमिरेको अध्यक्षतामा वसेको बैठकले निजी अस्पतालहरुमा डेंगुको उपचार गर्दा आवश्यक पर्ने किटको प्रयोग र दर रेटको हकमा प्रचलित ऐन अनुसार हुनुपर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।
केही दिन यता फैलिएको डेंगुको सक्रमणबाट मोरङमा १० जना संक्रमित भएका छन् भने धरानमा ६ सय बढी संक्रमित भएका छन । डेगुको नियन्त्रणका लागि अहिले विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ । प्रदेश सरकारले नियन्त्रण टिम खटाई ७ दिनभित्र डेंगु नियन्त्रण लिइसक्न निर्देशन दिएको छ ।