चट्याङ लागेर विराटनगरमा १ जना घाइते

३ असार, विराटनगर । विराटनगरमा चट्याङ लागेर एक ब्यक्ति घाइते भएका छन भने एउटा भैंसी मरेको छ ।

Advertisement

मंगलबार विहान पानीपर्ने क्रममा भैंसी चराउन गएका विराटनगर १० जतुवाका ६२ बर्षिय रामचन्द्र साह चट्यांङ लागेर घाइते भएका हुन्। जतुवाको दक्षिणी क्षेत्रमा भैंसी चराउने क्रममा परेको चट्याङबाट उनको भैंसी समेत मरेको छ । पानीसंगै चट्याङ परेपछि भैंसी घटनास्थलमै मरेको र साह बेहोस भएर खेतमै ढलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते साहको विराटनगरस्थित कोशी अस्पताल उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top