लोक सेवाको विज्ञापनविरुद्ध विराटनगरमा प्रर्दशन

२ असार ७६, मंगलबार

३ असार, विराटनगर । लोक सेवा आयोगले जेठ १५ मा निकालेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै विराटनगरमा प्रदर्शन भएको छ ।

समाजवादी विद्यार्थी फोरम नेपाल र नयाँशक्ति विद्यार्थी युनियन जिल्ला समिति मोरंगले मंगलबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना प्रदर्शनगर्दै संयुक्तरुपमा सो बिषयको ज्ञापन प्रधानमन्त्रीलाई पठाएका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले ‘लोकसेवाको असमानुपातिक विज्ञापन खारेज गर’,‘शैक्षिक बेरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर’,‘समानुपातिक समावेशी सिद्धान्तको आधारमा लोकसेवाको विज्ञापन तुरुन्त जारी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विभिन्न चरणमा भएका आन्दोलनहरुको उपलब्धि स्वरुप प्राप्त समावेशीको अधिकारलाई कुण्ठित गर्ने प्रयासस्वरुप आयोगको विज्ञापन निकालिएका कारण आफुहरु धर्ना प्रदर्शन गर्न बाध्य भएको विद्यार्थी नेता महेशकुमार यादवले बताए । उनीहरुले प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापन हस्तान्तरण गरे ।

प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनमा संबिधानको मुल मर्म र भावना विपरित निकालिएको विज्ञापन तत्काल खारेज गरी समावेशी सिद्धान्तका आधारमा पुनः अर्को विज्ञापन निकाल्न माग गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top