विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा पानी पर्दै, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा पानी पर्दै, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

७ असार, विराटनगर ।
विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा पानी परिरहेको छ । शनिबार देशका विभिन्न स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार साँझ पनि हल्का वर्षा भएको पुर्व क्षेत्रमा शनिबार बिहानैदेखि पानी पर्न थालेको हो । मौमस पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू–भागमा समान्यतया बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।

आज देशका मध्ये तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.