×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश

११ असार २०७६

एजेन्सी, असार ११
साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै जारी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान प्रवेश गरेको छ ।मंगलबार लर्डसमा भएको खेलमा इंग्ल्यान्डमाथि ६४ रनको जित दर्ता गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो ।

यो हारसँगै घरेलु टोली इंग्ल्यान्डको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना कठिन भएको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा समेटियो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । ३७ ओभरको अन्तिम बलमा मिचेल स्टार्कले बोल्ड आउट गर्नु अघि उनले १ सय १५ बलमा ८ चौका र २ छक्का प्रहर गरे । यसबाहेक इंग्ल्यान्डका अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।

Advertisement
Advertisement

इंग्ल्यान्डले सुरुवात देखीनै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको दोस्रो बलमै जेसन बेहरनडर्फले ओपनर जेम्स भिन्सलाई शुन्यमा बोल्ड आउट गरे । चौथो ओभरको तेस्रो बलमा मिचेल स्टार्कले जो रुटलाई ८ रनमा एलबी डब्लू आउट गरे । छैटौं ओभरको पाँचौ बलमा स्टार्कले कप्तान इओन मोर्गनलाई ४ रनमा प्याटकमिन्सबाट क्याच आउट गराएपछि इंग्ल्यान्ड २६–३ को कमजोर अवस्थामा पुगेको थियो ।

जोनी बेयरस्टोले ३९ बलमा ५ चौका सहित २७ रन जोडे । बेयरस्टोलाई बेहरनडर्फलेनै प्याट कमिन्सबाट १४ ओभरको पाँचौ बलमा क्याच आउट गराएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । पाँचौ विकेटका लागि जस बटलर र बेन स्टोकले ७१ साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ उकासे । तर मार्कस स्टोइनिसले २८ ओभरको दोस्रो बलमा उस्मान खवाजाबाट २५ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो । तल्लोक्रमका आदिल राशिदले २० बलमा ३ चौका र १ छक्का सहित २५, क्रिस वोक्स २६,मोइन अली ६ र जोफ्रा आर्चरले १ रन जोडे ।

अष्ट्रेलियाको जितमा नायक बनेका जेसन बेहरनडर्फले १० ओभरमा ४४ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै मिचेल स्टार्कले पनि ८।४ ओभरमा १ मेडन सहित ४३ रन खर्चिदै ४ विकेट हात पारे ।मार्कस स्टोइनिसको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । अष्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय रनको योगदान दिए । यो फिन्चको वान डे करियरको १५ औं शतक हो ।

जोफ्रा आर्चरको ३६ ओभरको दोस्रो बलमा २ रन बटुल्दै कुल १ सय १५ बलमा आफ्नो वान डे करियरको १५ औं शतक पुरा गरेका थिए । लगत्तै अर्को बलमा ठूलो शट खेल्ने धुनमा फिन्च क्रिस वोक्सबाट क्याच आउट हुन पुगे । जारी विश्वकपमा फिन्चको यो दोस्रो शतक हो । फिन्चले यस अघि श्रीलंकासँगको खेलमा पनि उत्कृष्ट शतक प्रहार गरेका थिए ।

ओपनर डेविड वार्नर र आरोन फिन्चले २२।४ ओभरमा १ सय २३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी मोइन अलीले जो रुटबाट वार्नरलाई ५३ रनमा क्याच आउट गराउँदै तोडे । वार्नरले ६१ बलमा ६ चौका प्रहार गरे ।

बेन स्टोक्सले ३३ ओभरको दोस्रो बलमा उस्मान खवाजालाई २३ रनमा बोल्ड आउट गरे । ३९ ओभरको दोस्रो बलमा मार्क उडले कट निकाल्दै विकेटकीपर जस बटलरबाट ग्लेन म्याक्सवेललाई १२ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो । ४२ ओभरको पाँचौ बलमा स्टिभ स्मिथसँग दुइ रन लिनेक्रममा तालमेल गर्न नसक्दा मार्कस स्टोइनसि ८ रनमा रन आउट भए ।

स्टिभ स्मिथ पनि ठूलो शट खेल्ने धुनमा ३४ बलमा ५ चौका प्रहार गर्दै ३८ रनमा क्याच आउट भए । विकेटकीपर एलेक्स केरीले २७ बलमा ५ चौका सहित ३८ रनमा अविजित रहे । प्याट कमिन्स १ र मिचेल स्टार्कले ४ रन जोडे । इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट हात पारे भने जोफ्रा आर्चर,मार्क उड,बेन स्टोक्स र मोइन अलीले समान १ विकेट लिए ।

Advertisement

यो जितसँगै अष्टेलिया ७ खेलमा ६ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top