एजेन्सी, असार ११
जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तान गर वा मरको अवस्थामा छ । पाकिस्तान आजको खेलमा पराजित भए लिगचरणबाट बाहिरिने लगभग पक्का पक्किनै हुने छ ।
त्यस्तै ६ खेलमा ५ मा जित निकालेको न्युजिल्यान्ड आजको खेलमा विजयी भए दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान ६ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ ।
यी दुई देशबीच कुल १ सय ६ वान डे खेलमा प्रतिस्पर्धा हँदा पाकिस्तान ५४ खेलमा विजयी र ४८ खेलमा पराजित हुन पुगेको छ । ४ खेलको नतिजा विहिन छ ।
पाकिस्तान टोली :
इमाम उल हक, फकार जमान, बाबर आजम, मोहमद हफिज, सरफराज अहमद (कप्तान), हरिस सोहेल, इमाद वसीम, वाहब रियाज, शादब खान, मोहमद आमीर, शाहिन अफ्रिदि
न्युजिल्यान्ड टोली :
मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन (कप्तान), रस टेलर, टम लेथम, जेम्स निशम, कोलीन डे ग्रान्डहोम, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट