एजेन्सी, असार १४
भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।
तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ । एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो ।

पुणेका प्रमुख जिल्ला अधिकारीले ठेकेदारको लापरवाहीले पर्खाल भत्किएको भन्दै कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।
