द भ्वाइसमा अटाएनन् सनुप र अभया,राजु र आस्थाको इन्ट्री

१४ असार ७६, शनिबार

१४ असार, काठमाडौँ ।
‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा कोचको रुपमा राजु लामा र आस्था राउतको इन्ट्री भएको छ । सनुप र अभयाको ठाउँमा राजु लामा र आस्था राउतलाई राखिएको हो । अन्य दुई कोच प्रमोद खरेल र दीप श्रेष्ठले भने सिजन २ मा पनि निरन्तरता पाएका छन् ।

Advertisement

‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा कोचहरुको परिवर्तनसँगै टेलिभिजनको च्यानल पनि परिवर्तन गरिएको छ । पहिलो सिजन कान्तिपुर टेलिभिजनमा प्रशारण भएको यो शो दोस्रो सिजन हिमालय टेलिभिनबाट प्रशासन हुने भएको छ ।

कार्यक्रम साउनको पहिलो सातादेखि शुक्रबार र शनिबार साँझ ८ बजे प्रशारण हुने छ । झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा विभिन्न छनौट चरण पार गरी १ सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top