अमेरिका र चीन व्यापार वार्ता गर्न ‘सहमत’, ट्रम्पले भन्छन् : सीसँग महान बैठक

१३ असार ७६, शनिबार

एजेन्सी, असार १४
चीन र अमेरिका आर्थिक तथा व्यापार वार्ता शुरु गर्न सहमत भएका छन् । जापानको ओसाकामा शनिबार भएको भेटमा दुवै देशका राष्ट्र प्रमुखबीच यो सहमति भएको हो ।

जी–२० सम्मेलनको क्रममा भएको सो वार्तामा चिनियाँ राष्ट्रपति सी जिनफिङ र उनका समकक्षी डोनाल्ड ट्रम्पबीच समानता र पारस्परिक सम्मानको आधारमा आर्थिक तथा व्यापारिक परामर्श फेरि सुरु गर्ने सहमति भएको चिनियाँ समाचार एजेन्सी सिन्हुवाले जनाएको छ ।

अमेरिकाले चिनियाँ सामान निर्यातमा नयाँ कर लगाउने छैन । साथै दुवै देशका टोलीबीच आर्थिक र व्यापारिक विषयका विशिष्ट मुद्दामा वार्तासमेत हुने छ ।

Advertisement

भेटवार्ताको सुरुवातमा चिनियाँ राष्ट्रपति सीले भने, ‘विगत ४० वर्षको अवधिमा भएका धेरै महत्वपूर्ण परिवर्तनका बाबजुद चीन र अमेरिकाको सम्बन्ध र अन्तर्राष्ट्रिय परिस्थिति नयाँ स्थान पुगेको छ । तर एउटा सत्य के हो भने चीन र अमेरिका दुवै सहयोगबाट लाभान्वित हुन्छन् र संघर्षमा हार्छन् ।

सीले ट्रम्पसँग भनेको भनाई उद्धृत गर्दै सिन्हुवाले लेखेको छ ‘टकरावभन्दा राम्रो सहयोग र वार्ता हो ।’’

Advertisement

चिनियाँ राष्ट्रपति सीसँग महान बैठक : राष्ट्रपति ट्रम्प

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग महान बैठक भएको प्रतिक्रिया दिएका छन् । उनले चीनबाट अमेरिकाले खरिद गर्ने कृषि उत्पादनको सूची चीनलाई उपलब्ध गराउने जानकारी पनि दिएका छन् ।

उनले अमेरिकी कम्पनीहरुले हुवावेलाई सामान बेच्न निरन्तरता दिनुपर्ने पनि बताएको रोयटर्सले लेखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top