ज्येष्ठ नागरिकमा मानसिक रोगको अवस्था भयावह

१४ असार ७६, शनिबार
Share this
739shares

१४ असार,विराटनगर । 
ज्येष्ठ नागरिकहरुमा मानसिक रोगको अवस्था भयावह रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उमेर,सामाजिक र आर्थिक परिवेश लगायतका कारण ज्येष्ठ नागरिकहरुमा उत्पन्न हुने विभिन्न प्रकारका मानसिक रोग न्युनिकरणमा सरोकारवाला पक्ष थप जिम्मेबार हुनुपर्ने समेत उनिहरुले बताएका छन् ।

Advertisement

जेष्ठ नागरीक सेवा समिति विराटनगर–१२ ले आज स्थानिय विराट सामुदायिक भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै नोबेल अस्पताल विराटनगरका स्नायू,नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मुक्ति आचार्यले विभिन्न कारणले उत्पन्न हुने मानसिक रोगको अवस्था ज्येष्ठ नागरिकहरुमा भयावह रहेको बताए ।

उनले कुल आत्महत्या मध्ये २० प्रतिशत ज्येष्ठ नागरिकहरुले मानसिक रोगकै कारण आत्महत्या गर्ने गरेको तथ्यांक रहेको जानकारी दिए । शारिरीक रोग,आर्थिक हैसियतमा परिर्वतन,पारिवारिक र सामाजिक लगायतका कारणले ज्येष्ठ नागरिकहरु मानिसक रोगको शिकार हुने गरेको उनको भनाई थियो ।

Advertisement

आयोजक ज्येष्ठ नागरिक सेवा समिति विराटनगर–१२ का अध्यक्ष कृष्ण भण्डारीले बदलिंदो परिवेशमा ज्येष्ठ नागरिक र तिनका परिवारबीच उत्पन्न हुने समस्याका बिषयमा दुवै पक्षलाई जानकारी गराउन र सहजिकरण गर्ने उद्धेश्यले कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा संस्थामा आबद्ध १ सय ५० बढी ज्येष्ठ नागरिक र तिनका परिवारका सदस्यहरुको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top