१४ असार, विराटनगर ।
‘प्याब्सन आँगन’ प्रतियोगिताको क्वाटरफाइनल राउण्ड सम्पन्न भएको छ ।
प्याब्सन विराटनगरको आयोजनामा भएको क्वाटरफाइनलबाट ७५ जना सेमिफाइनल चरणमा प्रवेश गरेका प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । एकल गायन र नृत्य समावेश गरिएको प्रतियागितामा नृत्यतर्फ ५० र गायनतर्फबाट २५ जना छनौट भई सेमिफाइनल चरणमा प्रवेश गरेको राईले जानकारी दिए ।
‘प्याब्सन आँगन’मा ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएका थिए । ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ उक्त प्रतियोगिता सुरु गरिएको हो । विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका छन् । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । नृत्यतर्फ ५० र गायनतर्फबाट २५ जना छनौट भएका मध्ये फाइलन चरणमा १०–१० जना पुग्नेछन् । नृत्य तर्फ धेरै छनौट भएकाले यही हप्ता भित्रमा ५० जनामा प्रतिस्पर्धा गराई २५ जना छनौट गरिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपविजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा विराटनगरमा साउन २४ गते हुनेछ ।