अन्तिम ओभरमा अफगानिस्तानमाथि जित निकाल्दै पाकिस्तान चौथो स्थानमा

१५ असार ७६, आइतबार
Share this
634shares

एजेन्सी, असार १५
अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।शनिबार सम्पन्न खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तान चौथो स्थानमा उक्लिएको हो ।

Advertisement

अफगानिस्ताको भने यो लगातार आठौं हार हो । अब पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । बंगलादेशसँगको खेलमा विजयी भएमा र अन्य टोलीको नतिजा आफु अनुकुल आए अन्तिम चारमा रहेर सेमिफाइनल खेल्ने छ ।

शनिबार २ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २ बल अगाडी ७ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानका लागि तल्लोक्रमका इमाद वासिम ५४ बलमा ५ चौका सहित ४९ रनमा अविजित रहँदै पाकिस्तानको जित पक्का गरे । वहाब रियाज ९ बलमा समान १ चौका र छक्का सहित १५ रनमा अविजित रहे । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा इमाद वासिमले चौथो बलमा चौका प्रहार गर्दै पाकिस्तानको जित पक्का गरे ।

Advertisement

युवा ब्याट्सम्यान बाबर आजमले ४५ रनको योगदान दिए । १८ ओभरको दोस्रो बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि बाबरले ५१ बलमा ५ चौका प्रहार गरे । पाकिस्तानले पहिलो ओभरको दोस्रो बलमै ओपनर फकार जमानलाई शुन्यमा गुमाएको थियो । जमानलाई मुजिव उर रहमानले एलवी डब्लू आउट गरे । दोस्रो विकेटका लागि बाबर र इमाम उल हकले ७२ रनको साझेदारी गर्दै इनिङ उकासे ।

Advertisement

१६ औं ओभरको अन्तिम बलमा मोहम्मद नाबीले इमाम हकलाई ३६ स्टम्पिङ आउट गराउदै साझेदारी तोडेका थिए । हकले ५१ बलमा ४ चौका प्रहार गरे । मुजिवले ३० ओभरको पहिलो बलमा मोहम्मद हफिजलाई १९ रनमा क्याच आउट गराएपछि पाकिस्तान दबाबमा परेको थियो । ३९ ओभरको अन्तिम बलमा कप्तान शरफराज अहमद १८ रनमा रन आउटभएपछि पाकिस्तानले संघर्ष गर्नु परेको थियो । अफगानिस्तानका लागि मोहम्मद नाबी र मुजिव उर रहमानले समान २ विकेट हात पारे । त्यस्तै राशिद खानको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान र पुर्व कप्तान अस्गर अफगानले समान ४२ रनको योगदान दिए ।

अफगानिस्तानले पाँचौ ओभरको चौथो बलमा कप्तान गुलबदीन नाइबलाई १५ रनमा गुमाएको थियो । नाइबलाई शाहीन अफ्रिदीले कप्तान शर्फराज अहमदबाट क्याच आउट गराए । अफ्रिदीले लगत्तै अर्को बलमा हशमतुल्लाह साहिदीलाई शुन्यमा पेभिलिएन फर्काए । १२ ओभरको अन्तिम बलमा इमाद वासिमले बाबर आजमबाट क्याच गराउँदै ओपनर रामत शाहलाई ३५ रनमा पेभिलिएनको बाटो देखाए । शाहले ४३ बलमा ५ चौका प्रहार गरे ।

चौथो विकेटका लागि पुर्व कप्तान अस्गर अफगान र विकेटकीपर इकराम अलिखिलले ६४ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको दोस्रो बलमा शादब खानले अस्गरलाई बोल्ड आउट गर्दै तोडेका थिए अफ्गानले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मोहम्मद नाबीले १६ रनको योगदान दिए । अफ्रिदीले बोल्ड आउट गर्नुअघि नजिबुउल्लाह जदरानले ५४ बलमा ६ चौका प्रहार गरे ।
तल्लोक्रमका शमीउल्लाह शिनवारी १९,राशिद खान ८ र मुजिब उर रहमानले ७ रन जोडे ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै इमाद वासिम र वहाब रियाजको नाममा समान २ विकेट रह्यो । शादब खानले १ विकेट लिए ।

पाकिस्तान ८ खेलमा ४ जित र ३ हारका साथ चौथो स्थानमा उक्लिएको छ । घरेलु टोली इङ्ग्ल्याण्ड पाँचौँ स्थानमा छ । अफगानिस्तान ८ खेलमा पराजितका साथ पुछारमा छ । अब पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग आगमी शुक्रबार खेल्ने छ भने अफगानिस्तानले अन्तिम खेल वेस्ट इन्डिजसँग आगमी विहिबार खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top