विराटनगर, माघ १३
माघ–२४ गते हुुन लागेको राष्ट्रियसभाको निर्वाचनकालागि मतदाता शिक्षा संचालनकालागि विराटनगरमा आज एक दिने मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षा तथा राष्ट्रियसभाको निर्वाचनको तयारी,मतदान प्रक्रिया तथा मतगणना सम्वन्धमा जानकारी गराउने उद्धेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
प्रशिक्षण कार्यक्रममा १ र २ नम्वर प्रदेशका २१ जिल्लाका निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ । राष्ट्रियसभाको निर्वाचनका मतदाताहरुलाई निर्वाचन प्रक्रियावारे जानकारी गराउन प्रशिक्षण आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमको १ नम्वर प्रदेशका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले उद्घाटन गर्नुभयो । कार्यक्रममा वोल्दै उहाँले राष्ट्रियसभाको निर्वाचनलाई व्यवस्थित बनाउन प्रशिक्षणको आयोजना गरिएको बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, निर्वाचन आयोगका उप–सचिव चन्द्रवहादुर शिवाकोटी, क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलले कार्यक्रमको उदेश्यबारे जानकारी गराउनु भएको थियो ।