×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

ग्रेडिङ प्रणाली प्रति असन्तुष्टि जनाउँदै शिक्षा कार्यालयमा तालाबन्दी

१३ माघ २०७४

विराटनगर, माघ १३
ग्रेडिङ प्रणाली प्रति असन्तुष्टि जनाउँदै झापा भद्रपुरका विद्यार्थीहरुले शुक्रवार जिल्ला शिक्षा कार्यालय झापामा तालाबन्दी गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षाफल ग्रेडिङ प्रणाली पद्धतिबाट लागु गरेको प्रति असन्तुष्ट जनाउँदै त्यसको विरोधमा वीरेन्द्र, एमरेल्ड एकाडेमी र विभुती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले एक घण्टा शिक्षा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Advertisement
Advertisement

वीरन्द्र क्याम्पसमा भेला भएका विद्यार्थीहरु ग्रेडिङ प्रणाली विरुद्ध नाराबाजी गर्दै विहान १० बजे शिक्षा कार्यालय परिसर पुगेका थिए । शिक्षा कार्यालय पुगेका विद्यार्थी समूहले कार्यालयको मुल गेटमा तालाबन्दी गरेका थिए ।

विद्यार्थी समूहले शिक्षा कार्यालय घेराउ गरेपछि प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विद्यार्थीहरुलाई मुल गेट भन्दा बाहिर निकालेको थियो । विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेका थिए ।

कार्यायलमा तालाबन्दी गरेको भन्दै यता प्रहरीले विरोध कार्यक्रमको नेतृत्व गर्ने नेवि संघ वीरेन्द्र क्याम्पस इकाइ समितिका सभापति अनुप अधिकारी, सचिव प्रकाश भण्डारी, निकेश श्रेष्ठ र मनोहर गौतमलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement
Advertisement

राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली पद्धित अनुसार कुनै बिषयमा ‘डी प्लस’ ल्याए पुनः मौका परीक्षा दिने व्यवस्था छ । तर, एक बिषय भन्दा बढिमा ‘डी प्लस’ ल्याए अर्को बर्षको परीक्षामा सहभागी हुन पाउने व्यवस्थाप्रति विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top