सर्लाही घटनाको अनुसन्धान गर्न मानव अधिकार आयोगलाई राजपाको पत्र

१८ असार, काठमाडौँ ।
सर्लाही र महोत्तरीको घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ । बुधबार अपरान्ह राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटि शान्तिपूर्ण बिरोधमा जम्मा भएका सर्वसाधारण जनता माथि गोलि चलाएर दमन गर्न खोजेको भन्दै मानव अधिकारको रक्षाको पहल गर्न अनुरोध गरेको हो ।

Advertisement

गएको असार १५ गते पुर्व पश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा शान्तिपूर्ण बिरोध प्रदर्शनमा आएका सर्वसाधारणलाई प्रहरीले गोलि चलाउँदा इश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो । मृतक सिंहको टाउकोमा गोलि लागेको थियो । प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्न सक्ने अवस्थामा पनि गोलि नै चलाउनुले प्रहरीको मधेशी जनतालाई हेर्ने दृष्टिकोण अन्य भन्दा फरक रहेको राजपाले आरोप लगाएको छ । प्रहरीले मान्छेको शान्तिपूर्ण बिरोध गर्न पाउने अधिकार कुण्ठित गर्दै गोलि नै चलाउन थालेपछि मानिसको बाँच्न पाउने अधिकार नै खोसेको आरोप पनि लगाएको छ ।

यता राजपा नेपालको ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष शर्माले छानविन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताए । पछिल्ला केहि घटनामा शान्तिपूर्ण बिरोध प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्न थालेको भन्दै विना दबाब दिन सरकारले केहि नगर्ने बताए ।

Advertisement

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो । मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोलि चलाएको थियो। जसमा सरोज सिंहको टाउकोमा गोलि लागेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top