NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

कांग्रेसको प्राथमिकतामै परेन प्रदेशमा दलको बैठक

सोमवार माघ १५ , २०७४
Reading Time: 1 min read
A A
काँग्रेस बैठक आज पनि जारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

कांग्रेसले प्रदेशमा संसदीय दलको नेता छान्न चासो देखाएको छैन । सातवटै प्रदेशमा पार्टीको सरकार नबन्ने भएपछि कांग्रेस उदासीन देखिएको हो । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धन र एउटामा मधेसकेन्द्रित दलको नेतृत्वमा सरकार बन्ने निश्चितजस्तै छ । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसबाट सातवटै प्रदेशमा ११३ सांसद निर्वाचित भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

कुनै पनि प्रदेशमा सरकार निर्माण हुने अवस्था नरहेकाले दलको नेता चयनमा पार्टीले रुचि नदेखाएको कांग्रेस नेताहरू बताउँछन् । सशक्त प्रतिपक्ष बन्न बलियो र योग्य नेता बिस्तारै चयन गर्ने सभापति शेरबहादुर देउवाको चाहना रहेको बालुवाटार स्रोत बताउँछ । ‘पहिला वाम गठबन्धनबाट मुख्यमन्त्रीमा कस्ता नेता सिफारिस हुन्छन्, त्यसपछि त्यसले गर्ने कार्यको ट्याकल गर्न कुन प्रदेश सांसद उपबालुवाटार स्रोतले भन्यो ।

निर्वाचन आयोगले प्रदेश सांसदको पूर्ण सूची सार्वजनिक गरेको २० दिनमा पहिलो अधिवेशन बोलाउने र ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले ३ माघमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित भएका सांसदहरूको पूर्ण सूची सार्वजनिक गरेकाले २३ माघभित्र पहिलो अधिवेशन र ३ फागुनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्छ ।

Advertisement

तत्काल बैठक नबोलाउने 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश संसद्को पहिलो अधिवेशन र राष्ट्रिय सभा निर्वाचनमा मत खसाल्न जिल्ला–जिल्लाबाट अस्थायी मुकाममा सांसदहरू भेला भएका वेला पहिलो बैठक बसाल्ने तयारी रहेको जानकारी दिए ।

‘तत्काल बैठक बोलाएर संसदहरूलाई अस्थायी मुकाममा आउन र फेरि जिल्ला जान गाह्रो हुन्छ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘तसर्थ राष्ट्रिय सभा निर्वाचन र प्रदेश संसद्को पहिलो अधिवेशनमा सबै सांसद अस्थायी मुकाम आएका वेला दलको बैठक बस्ने र नेता चुन्ने कार्य गरिन्छ ।’

प्रदेश सदस्य राष्ट्रिय सभा निर्वाचनमा मतदाता हुन्छन् । राष्ट्रिय सभाको निर्वाचन २४ माघमा तय भएको छ । प्रदेश २ मा २१ माघ, ३ मा १८ गते, ४ र ५ मा २२ गते, ६ र ७ मा २१ गते प्रदेश संसद्को पहिलो अधिवेशन आह्वान भएको छ । प्रदेश १ मा अधिवेशनको मिति टुंगो लाग्न बाँकी छ ।

प्रदेशमा दलको नेता बन्न सांसदहरू लबिङमा
प्रदेश १
९३ सांसद रहेको प्रदेश १ मा कांग्रेसबाट प्रत्यक्षमा आठ र समानुपातिकमा १३ गरी २१ सांसद छन् । यहाँ एमाले एक्लैको बहुमत रहेकाले कांग्रेसले सरकार बनाउन प्रयास गर्ने सम्भावनै छैन । कांग्रेसबाट दलको नेता बन्न चारजना लबिङमा लागेका छन् । सुनसरी २ (ख) बाट निर्वाचित राजीव कोइराला, मोरङ ६ (ख) बाट निर्वाचित केदार कार्की, मोरङ २ (क) बाट निर्वाचित शिवनारायण गन्गाई र समानुपातिकतर्फका लोकप्रसाद संग्रौलाले दलको नेता बन्ने लबिङ सुरु गरेका हुन् । सुनसरी कांग्रेसका सभापतिसमेत रहेका उनी पौडेल पक्षका हुन् । कार्की कोइराला परिवार तथा संग्रौला नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । गन्गाई भने कुनै पक्षमा खुलेर लागेका छैनन् ।

प्रदेश २
१०७ सांसद रहेको प्रदेश २ मा कांग्रेसबाट प्रत्यक्षमा आठ र समानुपातिकमा ११ गरी १९ सांसद छन् । यहाँ कुनै पनि दलको बहुमत नभएकाले कांग्रेसले अन्य दलसँग सहकार्य गर्ने सम्भावना छ । तर, मधेसकेन्द्रित दलहरू राजपा र संघीय समाजवादी फोरमले तालमेल गरेर निर्वाचन लडेको र दुई दल मिल्दा बहुमत पुग्ने भएकाले कांग्रेस सरकारमा सहभागी हुन्छ–हुँदैन, प्रस्ट भइसकेको छैन ।

यो प्रदेशमा दलको नेता बन्न तीनजना नेता लबिङमा लागेका छन् । धनुषा ३ (क) बाट निर्वाचित रामसरोज यादव तथा समानुपातिकतर्फका ओमप्रकाश शर्मा र नरेशकुमार यादवले लबिङ थालेका छन् । कांग्रेस धनुषाका सभापतिसमेत रहेका रामसरोज नेता विमलेन्द्र निधि हुन् । शर्मा सभापति र यादव पौडेलनिकट हुन् ।

प्रदेश ३ 
प्रदेश ३ मा ११० सांसद छन् । यो प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा सात र समानुपातिकतर्फ १४ गरी २२ सांसद छन् । प्रदेश ३ मा एमालेको एक्लै बहुमत पुग्छ । यो प्रदेशमा दलको नेतामा चारजनाको नाम चर्चामा छ । मकवानपुर २ (ख) बाट निर्वाचित इन्द्र बानियाँ र समानुपातिकतर्फका मिलनबाबु श्रेष्ठ, डा. राजाराम कार्की र बलराम पौडेलले लबिङ सुरु गरेका छन् । पौडेल नेता रामचन्द्र पौडेलका सहोदर भाइ हुन् । बानियाँ नेता खुमबहादुर खड्का, कार्की सभापति देउवानिकट हुन् ।

प्रदेश ४ 
५७ सांसद रहेको प्रदेश ४ मा कांग्रेसबाट प्रत्यक्ष ६ र समानुपातिकतर्फ नौ गरी १५ सांसद छन् । यो प्रदेशमा कुनै दलको पनि बहुमत छैन । तर, एमाले–माओवादीले प्रदेश सरकार बनाउन सहमति गरिसकेका छन् । प्रदेश ४ मा दलको नेता बन्न तीनजनाले लबिङ थालेका छन् । नवलपुर १ (क) बाट निर्वाचित कृष्णचन्द्र नेपाली, नवलपुर २ (क) बाट निर्वाचित विष्णुप्रसाद लामिछाने र समानुपातिकतर्फका मणिभद्र शर्मा कँडेलले इच्छा देखाएका हुन् ।

नेपाली पूर्वकेन्द्रीय सदस्य, लामिछाने नवलपरासी पार्टी सभापति र कँडेल बाग्लुङका पूर्वपार्टी सभापति हुन । नेपाली पौडेल, लामिछाने महामन्त्री डा. शशांक कोइराला र कँडेल सभापति देउवानिकट मानिन्छन् ।

प्रदेश ५
९० सांसद प्रदेश ५ मा कांग्रेसबाट प्रत्यक्ष सात र समानुपातिकतर्फ १२ गरी १९ सांसद छन् । यो प्रदेशमा कसैको बहुमत नभए पनि वाम गठबन्धनले सरकार बनाउने तयारी गरेका छन् । त्यसैले कांग्रेस प्रतिपक्षमा रहने भएको छ ।

प्रदेश ५ मा दलको नेतामा चारजनाको नाम चर्चामा छ । रुपन्देही ४ (क) का सदस्य अष्टभुजा पाठक, दाङ ३ (क) का डिल्ली चौधरी तथा समानुपातिकतर्फका वीरबहादुर राना र अर्जुन श्रेष्ठले लबिङ थालिसकेका छन् । चौधरी बहालवाला श्रमराज्यमन्त्री हुन् । राणा कांग्रेस पाल्पाका पूर्वसभापति हुन् । पाठक पौडेल, श्रेष्ठ खुमबहादुर खड्का तथा राना र चौधरी सभापतिनिकट मानिन्छन् ।

प्रदेश ६ 
प्रदेश ६ मा ४० सांसद छन् । कांग्रेसले प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ । समानुपातिकतर्फ पाँच गरी यो प्रदेशमा कांग्रेसका ६ सांसद छन् । प्रतिपक्षमा रहने निश्चित भए पनि दलको नेता बन्न दुई नेताले दाबेदारी प्रस्तुत गरेका छन् । हुम्ला (ख) बाट निर्वाचित जीवनबहादुर शाही र समानुपातिकतर्फका दीनबन्धु श्रेष्ठले दलको नेतामा दाबेदारी गरेका हुन् । शाही केन्द्रीय सदस्य र श्रेष्ठ पूर्वकेन्द्रीय सदस्य हुन् । शाही सभापति र श्रेष्ठ पौडेलनिकट मानिन्छन् ।

प्रदेश ७
५३ सांसद रहेको प्रदेश ७ मा कांग्रेसबाट प्रत्यक्षमा चार र समानुपातिकतर्फ आठ गरी १२ सांसद छन् । यो प्रदेशमा दलको नेतामा तीनजनाको नाम चर्चामा छ । डोटी १ (क) बाट निर्वाचित भरतबहादुर खड्का, कैलाली १ (ख) का डा. रणबहादुर रावल र डडेल्धुरा (ख)का कर्णबहादुर मल्लले दाबेदारी प्रस्तुत गर्दै लबिङ सुरु गरेका छन् । मल्ल डडेल्धुरा सभापति हुन् भने खड्का पूर्वमन्त्री हुन् ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.