×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

कांग्रेसको प्राथमिकतामै परेन प्रदेशमा दलको बैठक

१५ माघ २०७४

कांग्रेसले प्रदेशमा संसदीय दलको नेता छान्न चासो देखाएको छैन । सातवटै प्रदेशमा पार्टीको सरकार नबन्ने भएपछि कांग्रेस उदासीन देखिएको हो । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धन र एउटामा मधेसकेन्द्रित दलको नेतृत्वमा सरकार बन्ने निश्चितजस्तै छ । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसबाट सातवटै प्रदेशमा ११३ सांसद निर्वाचित भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

कुनै पनि प्रदेशमा सरकार निर्माण हुने अवस्था नरहेकाले दलको नेता चयनमा पार्टीले रुचि नदेखाएको कांग्रेस नेताहरू बताउँछन् । सशक्त प्रतिपक्ष बन्न बलियो र योग्य नेता बिस्तारै चयन गर्ने सभापति शेरबहादुर देउवाको चाहना रहेको बालुवाटार स्रोत बताउँछ । ‘पहिला वाम गठबन्धनबाट मुख्यमन्त्रीमा कस्ता नेता सिफारिस हुन्छन्, त्यसपछि त्यसले गर्ने कार्यको ट्याकल गर्न कुन प्रदेश सांसद उपबालुवाटार स्रोतले भन्यो ।

Advertisement

निर्वाचन आयोगले प्रदेश सांसदको पूर्ण सूची सार्वजनिक गरेको २० दिनमा पहिलो अधिवेशन बोलाउने र ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले ३ माघमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित भएका सांसदहरूको पूर्ण सूची सार्वजनिक गरेकाले २३ माघभित्र पहिलो अधिवेशन र ३ फागुनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्छ ।

तत्काल बैठक नबोलाउने 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश संसद्को पहिलो अधिवेशन र राष्ट्रिय सभा निर्वाचनमा मत खसाल्न जिल्ला–जिल्लाबाट अस्थायी मुकाममा सांसदहरू भेला भएका वेला पहिलो बैठक बसाल्ने तयारी रहेको जानकारी दिए ।

‘तत्काल बैठक बोलाएर संसदहरूलाई अस्थायी मुकाममा आउन र फेरि जिल्ला जान गाह्रो हुन्छ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘तसर्थ राष्ट्रिय सभा निर्वाचन र प्रदेश संसद्को पहिलो अधिवेशनमा सबै सांसद अस्थायी मुकाम आएका वेला दलको बैठक बस्ने र नेता चुन्ने कार्य गरिन्छ ।’

प्रदेश सदस्य राष्ट्रिय सभा निर्वाचनमा मतदाता हुन्छन् । राष्ट्रिय सभाको निर्वाचन २४ माघमा तय भएको छ । प्रदेश २ मा २१ माघ, ३ मा १८ गते, ४ र ५ मा २२ गते, ६ र ७ मा २१ गते प्रदेश संसद्को पहिलो अधिवेशन आह्वान भएको छ । प्रदेश १ मा अधिवेशनको मिति टुंगो लाग्न बाँकी छ ।

प्रदेशमा दलको नेता बन्न सांसदहरू लबिङमा
प्रदेश १
९३ सांसद रहेको प्रदेश १ मा कांग्रेसबाट प्रत्यक्षमा आठ र समानुपातिकमा १३ गरी २१ सांसद छन् । यहाँ एमाले एक्लैको बहुमत रहेकाले कांग्रेसले सरकार बनाउन प्रयास गर्ने सम्भावनै छैन । कांग्रेसबाट दलको नेता बन्न चारजना लबिङमा लागेका छन् । सुनसरी २ (ख) बाट निर्वाचित राजीव कोइराला, मोरङ ६ (ख) बाट निर्वाचित केदार कार्की, मोरङ २ (क) बाट निर्वाचित शिवनारायण गन्गाई र समानुपातिकतर्फका लोकप्रसाद संग्रौलाले दलको नेता बन्ने लबिङ सुरु गरेका हुन् । सुनसरी कांग्रेसका सभापतिसमेत रहेका उनी पौडेल पक्षका हुन् । कार्की कोइराला परिवार तथा संग्रौला नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । गन्गाई भने कुनै पक्षमा खुलेर लागेका छैनन् ।

प्रदेश २
१०७ सांसद रहेको प्रदेश २ मा कांग्रेसबाट प्रत्यक्षमा आठ र समानुपातिकमा ११ गरी १९ सांसद छन् । यहाँ कुनै पनि दलको बहुमत नभएकाले कांग्रेसले अन्य दलसँग सहकार्य गर्ने सम्भावना छ । तर, मधेसकेन्द्रित दलहरू राजपा र संघीय समाजवादी फोरमले तालमेल गरेर निर्वाचन लडेको र दुई दल मिल्दा बहुमत पुग्ने भएकाले कांग्रेस सरकारमा सहभागी हुन्छ–हुँदैन, प्रस्ट भइसकेको छैन ।

यो प्रदेशमा दलको नेता बन्न तीनजना नेता लबिङमा लागेका छन् । धनुषा ३ (क) बाट निर्वाचित रामसरोज यादव तथा समानुपातिकतर्फका ओमप्रकाश शर्मा र नरेशकुमार यादवले लबिङ थालेका छन् । कांग्रेस धनुषाका सभापतिसमेत रहेका रामसरोज नेता विमलेन्द्र निधि हुन् । शर्मा सभापति र यादव पौडेलनिकट हुन् ।

प्रदेश ३ 
प्रदेश ३ मा ११० सांसद छन् । यो प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा सात र समानुपातिकतर्फ १४ गरी २२ सांसद छन् । प्रदेश ३ मा एमालेको एक्लै बहुमत पुग्छ । यो प्रदेशमा दलको नेतामा चारजनाको नाम चर्चामा छ । मकवानपुर २ (ख) बाट निर्वाचित इन्द्र बानियाँ र समानुपातिकतर्फका मिलनबाबु श्रेष्ठ, डा. राजाराम कार्की र बलराम पौडेलले लबिङ सुरु गरेका छन् । पौडेल नेता रामचन्द्र पौडेलका सहोदर भाइ हुन् । बानियाँ नेता खुमबहादुर खड्का, कार्की सभापति देउवानिकट हुन् ।

प्रदेश ४ 
५७ सांसद रहेको प्रदेश ४ मा कांग्रेसबाट प्रत्यक्ष ६ र समानुपातिकतर्फ नौ गरी १५ सांसद छन् । यो प्रदेशमा कुनै दलको पनि बहुमत छैन । तर, एमाले–माओवादीले प्रदेश सरकार बनाउन सहमति गरिसकेका छन् । प्रदेश ४ मा दलको नेता बन्न तीनजनाले लबिङ थालेका छन् । नवलपुर १ (क) बाट निर्वाचित कृष्णचन्द्र नेपाली, नवलपुर २ (क) बाट निर्वाचित विष्णुप्रसाद लामिछाने र समानुपातिकतर्फका मणिभद्र शर्मा कँडेलले इच्छा देखाएका हुन् ।

नेपाली पूर्वकेन्द्रीय सदस्य, लामिछाने नवलपरासी पार्टी सभापति र कँडेल बाग्लुङका पूर्वपार्टी सभापति हुन । नेपाली पौडेल, लामिछाने महामन्त्री डा. शशांक कोइराला र कँडेल सभापति देउवानिकट मानिन्छन् ।

प्रदेश ५
९० सांसद प्रदेश ५ मा कांग्रेसबाट प्रत्यक्ष सात र समानुपातिकतर्फ १२ गरी १९ सांसद छन् । यो प्रदेशमा कसैको बहुमत नभए पनि वाम गठबन्धनले सरकार बनाउने तयारी गरेका छन् । त्यसैले कांग्रेस प्रतिपक्षमा रहने भएको छ ।

प्रदेश ५ मा दलको नेतामा चारजनाको नाम चर्चामा छ । रुपन्देही ४ (क) का सदस्य अष्टभुजा पाठक, दाङ ३ (क) का डिल्ली चौधरी तथा समानुपातिकतर्फका वीरबहादुर राना र अर्जुन श्रेष्ठले लबिङ थालिसकेका छन् । चौधरी बहालवाला श्रमराज्यमन्त्री हुन् । राणा कांग्रेस पाल्पाका पूर्वसभापति हुन् । पाठक पौडेल, श्रेष्ठ खुमबहादुर खड्का तथा राना र चौधरी सभापतिनिकट मानिन्छन् ।

प्रदेश ६ 
प्रदेश ६ मा ४० सांसद छन् । कांग्रेसले प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ । समानुपातिकतर्फ पाँच गरी यो प्रदेशमा कांग्रेसका ६ सांसद छन् । प्रतिपक्षमा रहने निश्चित भए पनि दलको नेता बन्न दुई नेताले दाबेदारी प्रस्तुत गरेका छन् । हुम्ला (ख) बाट निर्वाचित जीवनबहादुर शाही र समानुपातिकतर्फका दीनबन्धु श्रेष्ठले दलको नेतामा दाबेदारी गरेका हुन् । शाही केन्द्रीय सदस्य र श्रेष्ठ पूर्वकेन्द्रीय सदस्य हुन् । शाही सभापति र श्रेष्ठ पौडेलनिकट मानिन्छन् ।

Advertisement

प्रदेश ७
५३ सांसद रहेको प्रदेश ७ मा कांग्रेसबाट प्रत्यक्षमा चार र समानुपातिकतर्फ आठ गरी १२ सांसद छन् । यो प्रदेशमा दलको नेतामा तीनजनाको नाम चर्चामा छ । डोटी १ (क) बाट निर्वाचित भरतबहादुर खड्का, कैलाली १ (ख) का डा. रणबहादुर रावल र डडेल्धुरा (ख)का कर्णबहादुर मल्लले दाबेदारी प्रस्तुत गर्दै लबिङ सुरु गरेका छन् । मल्ल डडेल्धुरा सभापति हुन् भने खड्का पूर्वमन्त्री हुन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top