विश्वकप क्रिकेट : पाकिस्तान विजयी हुँदा न्युजिल्यान्ड सेमिफाइनलमा !

एजेन्सी,असार २१
तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले एक्लै ६ विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । यद्यपी बंगलादेशमाथिको जितका बाबजुद पाकिस्तान लिग चरणबाटै बाहिरिएको भने न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भएपनि नेट रन रेटले अघि रहँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

शुक्रबार लर्डस क्रिकेड स्टेडियममा मा ३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा रनमा समेटियो । बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६४ रनको योगदान दिन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । शाहिन शाह अफ्रिदीले ३३ ओभरको पहिलो बलमा कप्तान शरफराज अहमदबाट क्याच आउट गराउनु अघि सकीबले ७७ बलमा ६ चौका प्रहार गरे । बंगलादेशका ओपनर तामिम इकवाल ८ र सौम्य सरकारलाई २२ रनमा गुमाएको थियो । मुश्फिकुर रहिम १६,लिटन दास ३२,महमुदूल्लाह २९ मोसाद्देक हसन १६ रनमा क्याच आउट भए ।

Advertisement

पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले करिअरकै उत्कृष्ट प्रर्दशन गर्दै ९।१ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए । सादव खान २, मोहम्मद आमिर र वहाब रियाजको नाममा समान १ विकेट रह्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर इमामले उल हकले १ सय रनको योयदान दिए । ४२ ओभरको पाँचौ बलमा हिट विकेटका रुपमा आउट हुँदै पेभिलिन फर्किनु अघि उनले १ सय बलमा ७ चौका प्रहार गरे । उनले ९९ बलमा वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए।

Advertisement

त्यस अघि ३२ ओभरको अन्तिम बलमा मोहम्मद सैफुद्दीनले एलवी डब्लू आउट गर्दै बाबर आजमलाई ९८ बलमा ११ चौका सहित ९६ रनमा पेभिलिएन फर्काए । बाबर ४ रनले शतक बनाउन चुके । दोस्रो विकेटका लागि बाबर र इमामले १ सय ५७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इनिङ उकासे । सैफुद्दीनलेनै ओपनर फकार जमानलाई ८ औं ओभरको दोस्रो बलमा मेहदी हसन मिराजबाट १३ रनमा क्याच आउट गराए । मोहम्मद हफिज २७,हरिस सोहेल ६,कप्तान शरफराज ३,अहमद, वहाब रियाज २, सादव खान १ रनमा आउट भए । इमाद वासिमले २६ बलमा ६ चौका र १ छक्का ४३ रनमा क्याच आउट भए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चेर ५ विकेट लिए । मोहम्मद सैफुद्दीन ३ र मेहदी हसनको नाममा १ विकेट रह्यो । पाकिस्तान ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक जोड्दै पाँचौ स्थानमा रहेर यस विश्वकप समाप्त गर्यो । त्यस्तै बंगलादेशले ९ खेलमा ३ मा जित र ५ मा हारका साथ सातौं स्थानमा रहेर विश्वकप समाप्त गर्यो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top