हरर मुभि हेर्दा एक जनाको हलमै मृत्यु

एजेन्सी,असार २१
हरर मुभि हेर्दा हेर्दै थाइल्याण्डमा एक जना व्यक्तिको मृत्यु भएको छ । हरर मुभि ‘एनाबेले रिटर्नस होम’ हेर्दाहेर्दै ब्रिटिसका बर्नार्ड च्यानिङ नाम गरेका ब्यक्तिको मृत्यु भएको हो ।

७७ वर्षीय बर्नार्ड थाइल्याण्डमा विदा मनाउन गएका थिए । उनले त्यहाँ ३ जुलाइमा जुन २८ मा रिलिज भएको फिल्म ‘एनाबेले रिटर्नस होम’ हेर्न गएका थिए । तर दुखद कुरा जब फिल्म सकियो र हलमा बत्ती बाल्दा ती पुरुष उनकै सिटमा मृत अवस्थामा देखिए ।

जब पुरुषको पल्लो सिटमा रहेकी महिलाले उनलाई मृत देखिन उनी कराइन र आपतकालिन सहयोगलाई बोलाइन् । तर ती पुरुष हलभित्रै मरिसकेका कारण उनको शव एम्बुलेन्समा राखेर लगियो ।

उनलाई सुरुमा मृत अवस्थामा देखेकी स्थानीय निवासी मामिरा फिन्ग्राटले घटनाबारे बोल्दै भनिन् “मान्छेहरु सबै चकित परेका थिए कि यो के भइरहेको छ भनेर, हलका स्टापहरु निकै सजग देखिन्थे, हामीलाई फोटो खिच्न मनाही गरिएको थियो ।”

एक प्रहरी अधिकारीले भनेका छन् “हामीलाई यसबारे साँझ ८ कजे मात्रै खबर आएको थियो, एक विदेशी मानिस कसरी हलमा ज्यान गुमाउन पुगे अहिले हामी सँग कुनै अनुसन्धान पुरा भइसकेको छैन्, यद्यपी डक्टर र प्रहरी अनुसन्धानले सबै खुल्ने छ ।” तर अहिले मृत्युको कारण भने पत्ता लागिसकेको छैन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top