मन्त्री बास्कोटाको कामप्रति अध्यक्ष दाहालद्धारा असन्तुष्टि व्यक्त

२२ असार, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको काम, कार्वाहीप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्ष दाहालले नेपाल टेलिकमलाई कमजोर बनाउने गरी नविकरण दस्तुर तोक्ने लगायतको काम गरिएको भन्दै मन्त्री बास्कोटाप्रति असन्तुष्टि जनाएका हुन् ।

Advertisement

नेपाल टेलिकमका लागि रणनीतिक साझेदार खोज्ने काम भईरहेका बेला मन्त्री बास्कोटाले स्पष्ट नीति नबनाई नेपाल टेलिकमलाई नै कमजोर बनाउने गरी काम गरिरहेको अध्यक्ष दाहालको बुझाई छ । ‘यस सम्बन्धमा आफूले आईतबार विहान पनि मन्त्री बास्कोटासँग कुरा गरेको थिएँ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘तर नेपाल टेलिकमका कर्मचारीहरुको कुरा सुन्दा मैले फेरी मन्त्रीजीसँग छलफल गर्नुपर्ने भएको छ ।

पार्टी निकट नेपाल दूर संचार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल टेलिकमलाई कमजोर बनाउने गरी काम भएको हुनसक्ने आशंका गर्दै त्यस विषयमा आफूले मन्त्रीसँग पुनः छलफल गर्ने बताए ।

Advertisement

अध्यक्ष दाहालले नेपाल टेलिकमलाई कमजोर बनाएर रणनीतिक साझेदार खोज्ने काम गरे त्यसले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने भएकाले पनि त्यस विषयमा आफूले मन्त्री बास्कोटासँग गम्भिर कुरा गर्न लागेको पनि बताए । त्यस अवसरमा उनले नेपाल टेलिकमका कर्मचारीहरुको वृद्धि विकासका लागि पहल गर्ने आश्वासन पनि दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top