निर्मला पन्तकी आमाले पाइन् नगरपालिकामा जागिर

२६ असार ७६, बिहीबार
Share this
750shares

२६ असार, महेन्द्रनगर ।
गतबर्ष करणी पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले जागिर पाएकी छन् । उनलाई कन्चनपुरकै भिमदत्त नगरपालिकाले कार्यलयमा सहयोग गर्नेगरी जागिर दिएको हो । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका अनुसार उनलाई दैनिक हाजिरीको आधारमा पारिश्रमिक पाउनेगरी जागिर दिईएको हो।

Advertisement

केही महिना अघिबाटै दुर्गादेवी पन्तले आफुलाई परिवार धान्न गाह्रो भएको भन्दै नगरपालिका कार्यालयमा निवेदन दिँदै आएकोले नगरपालिकाको निर्णय अनुसार नै उनलाई जागिरका लागि नियुक्त दिईएको मेयर विष्टले बताएका छन् । दुर्गादेवीले आफ्ना पति अर्की श्रीमतीसँग फरक बसेकाले आफुलाई घरपरिवार धान्न गाह्रो भएको बताउदै आएकी थिईन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top