बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

२५ असार ७६, बिहीबार

२६ असार, काठमाडौं ।
भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीसहित ५ जनाको मृत्यु भएको छ।  मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो।

Advertisement

घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का रहेका छन् । उनीहरु थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन्। उनीहरू रोजगारीका लागि बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन्।

मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्थे। भुइँतलामा खड्का परिवारको बसोबास थियो। राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन्।

Advertisement

तीनैजनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ। ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय मिडियाले लेखेका छन्। घटनामा ७ जना घाइते भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top