उपाधि विजेता नेपाली यू-१९ टोली स्वदेश फिर्ता

२६ असार, काठमाडौँ ।
मलेसियामा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता २०१९ को उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार राती १० बजे नेपाल आईपुगेको हो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवालले त्रिभूवन विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

नेपाली टिमका कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ भने सिनियर टिमसँग मलेसियामै बसेका छन् । सिनियर टिमले मलेसियासँग दुई वटा टि–२० खेल खेल्दैछ । रोहित र पवन सिनियर टिममा पनि छन् ।

इस्टर्न रिजन प्रतियोगिता २०१९ को उपाधि जितेसँगै एसिया कपमा छनोट भएको हो । एसीसी यू–१९ एसिया कप श्रीलंकमा हुँदैछ । फाइनलमा हङकङलाई पराजित गर्दै उपाधि जितेको नेपालले आगामी अगष्टमा श्रीलंकामा हुने एसिया कपमा एसियाका ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

नेपाल फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले एसीसी यू–१९ एसिया कपमा छनोट भएपछि नेपालले यस अवसरलाई गम्भीर रुपमा लिएको बताएका छन् ।

प्रशिक्षक दासले एसिया कपका लागि टोलीमा केहि परिवर्तन हुनसक्ने जानकारी दिए । ‘एसिया कप हाम्रो लागि ठूलो अवसर हो । हामी यसमा अब सहभागिता मात्र नभएर केहि लक्ष्यसाथ मैदानमा उत्रनेछौं । विश्वकपमा छनोट हुन नसकेको अवस्थामा एसिया कपमा नतिजा ल्याएर हामी सिद्ध पार्न चाहन्छौं,’ उनले भने ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top