भारतीय पत्रबारे कृषि मन्त्रीले जवाफ नदिने

भारतीय पत्रबारे कृषि मन्त्रीले जवाफ नदिने

२६ असार, काठमाडौँ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् । भारतीय दुतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पारे । मन्त्री खनालले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परिक्षणको काम सो निर्णयपछि पनि नरोकिएको उनले स्पष्ट पारे ।

मन्त्री खनालले तत्कालका लागि मलको अभाव नभएको पनि बताए । उनले मनसुन सुरु भएकाले धान रोपाईँमा अव समस्या नहुने पनि बताए । यस वर्ष मनसुन ढिलाई भएकाले गत वर्षको तुलनामा धान रोपाईँ हुन नसकेको मन्त्री खनालको भनाई थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.