प्रदेश १ का सामूदायिक विद्यालयका विद्यार्थी गणित र विज्ञानमा कमजोर

२६ असार ,विराटनगर ।
प्रदेश १ का सामूदायिक माध्यमिक विद्यालयहरुका विद्यार्थीहरु गणित र विज्ञान विषयमा कमजोर रहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले प्रदेश नम्बर १ को सामुदायिक माध्यमिक विद्यालयहरुको राष्ट्रिय परीक्षण हेर्दा गणित र विज्ञान कमजोर रहेको जनाएको हो ।

विराटनगरमा भएको एक कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरका शाखा अधिकृत प्रकाश खरेलले प्रदेश नम्बर २ को गणितको अवस्था भने राम्रो रहेको बताए । उनले प्रदेश १ को सामुदायिक माध्यामिक विद्यालयहरुको अवस्था समग्रमा भने मध्यम रहेको बताए । सरोकारवालाहरुसँग भएको छलफल कार्यक्रममा शाखा अधिकृत खरेलले २४ जिल्लाका सबै १ हजार ९ सय ६७ विद्यालयहरुको गुणस्तर परीक्षण गर्दा कञ्चनपुरको १ विद्यालय मात्र उच्च स्तरमा रहेको बताए ।

आर्थिक बर्ष २०७४÷०७५ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले छनौट भएका परामर्शदाता संस्थाहरु मार्फत २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका २४ जिल्लाका सबै १ हजार ९ सय ६७ तथा ५ जिल्लामा शिक्षा विभागले नमुना विद्यालय विकासका लागि छनौट गरेका ३२ समेत गरी १ हजार ९ सय ९९ सामुदायिक माध्यमिक विद्यालयहरुको परीक्षण गरेको थियो ।

Advertisement

विद्यालयहरुको भौतिक अवस्था , मानव संसाधन र समुदायको लगानीको अवस्था लेखाजोखा गरी स्तर निर्धारण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top