×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

अष्ट्रेलियालाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड विश्वकपको फाइनलमा

२७ असार २०७६

एजेन्सी, असार २७
घरेलु टोली इंग्ल्यान्ड जारी एकदिवसिय विश्वकप क्रिकेट–२०१९ को फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

Advertisement
Advertisement

अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३ औं ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डको लागि ओपनर जोसन रोयले सर्वाधिक ८५ रनको योगदान दिए । प्याट कमिन्सले २० ओभरको चौथो बलमा कट बिहाइन्ड निकाल्दै विकेटकीपर एलेक्स केरीबाट क्याच आउट गराउनु अघि रोयले ६५ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।

\रोयले पहिलो विकेटका लागि जोनी बेयरस्टोसँग १७।२ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । मिचेल स्टार्कले एलबीडब्लू आउट गर्नुअघि बेयरस्टोले ४३ बलमा ५ चौका सहित ३४ रन जोडे ।

जो रुट ४६ बलमा ८ चौका सहित ४९ रनमा अविजित रहे । त्यस्तै कप्तान इओन मोर्गन पनि ३८ बलमा ८ चौकासहित ४५ रनमा नट आउट रहँदै फाइनलमा स्थान पक्का गरे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्यनटिङ थालेको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा रन आउट हुनुअघि स्मिथले १ सय १९ बलमा ६ चौका प्रहार गरे ।

अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर ९ रनमा क्याच आउट हुन पुगे । उनलाई क्रिस वोक्सले जोनी बेयरस्टोबाट क्याच आउट गराउँदै सुरुवाती समय दबाबमा राखे । वोक्सले सातौं ओभरको पहिलो बलमा पिटर हेन्डस्कम्बलाई ४ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया १४–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि एलेक्स केरी र स्टिभ स्मिथले १ सय ३ रनको शतकीय साझेदारी गर्दै सुरुवाती दबाब कम गर्दै इनिङ उकासे । चोटका बाबजुद खेलि रहेका केरी आदिल राशिदको २८ ओभरको दोस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा बाउन्डी लाइन नजिकै सब फिल्डर जेम्श भिन्सबाट क्याच हुँदै ४६ रनमा पेभिलिएन फर्किए । स्मिथलाई राम्रो साथ दिएका उनले ७० बलमा ४ चौका प्रहार गरे ।

Advertisement

यसै ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस एलवी डब्लू आउट हुँदै शुन्यमा पेभिलिएन फर्केपछि अष्ट्रेलिया पुन दबाबमा पर्यो । आर्चरको ३५ ओभरको पाँचौ बलमा ग्लेन म्याक्सवेल २३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा कप्तान इओन मोर्गनबाट क्याच आउट हुन पुगे । प्याट कमिन्स पनि ६ रनमा क्याच आउट भए । तल्लोक्रममा मिचेल स्टार्कले ३६ बलमा समान १ चौका र छक्का सहित २९ रनको महत्वपूर्ण योगदान दिए । नाथन लायन ५ र जेसन बेहरनडर्फले १ रन जोडे ।
इंग्ल्यान्डका लागि क्रिस वोक्सले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चरले १० ओभरमा ३२ रन खर्चेर २ विकेट हात पारे भने मार्क उडले १ विकेट लिए ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top