शिक्षकको कुटाइबाट कक्षा ९ मा अध्यनरत कलौनीको मृत्यु

२७ असार, कैलाली ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्यनरत माधव कलौनीको शिक्षकको कुटाइबाटै ज्यान गएको छ ।

माधवले राम्रो नपढेको भन्दै विद्यालयकी प्रिन्सिपल यशोदा जोशीले असार १३ गते विद्यालयबाट डढेलदुरामा उनका बाबु बृहस्पति कलौनीलाई फोन गरेकी थिइन् । शिक्षिकाले नै माधवलाई प्रहरीको जिम्मा लगाइदिने भन्दै बाबुलाई दबाब दिएपछि उनका बाबु भोलिपल्ट भेट्न आउँदा माधव बर्बराइरहेका थिए ।

कुटपिटबाट कलौनीको दायाँ खुट्टा भाँचिनुका साथै टाउको र छात्तिमा समेत गहिरो चोट लागेको थियो । विद्यालयका शिक्षक दुर्गादत्त पाठकका भतिजसँग माधव र उनका साथीहरुको बाहिर बिवाहमा विवाद परेको रहेछ । त्यही विषयलाई लिएर विद्यालयमा माधव तथा उनका साथीहरुलाई शिक्षकहरुले कुटपिट गरेको रहेछन् ।

Advertisement

उनीसँगै कुटिएका अर्का विद्यार्थीका अनुसार माधवलाई कुटेपछि शिक्षकले पानी समेत पिउन दिएका थिएनन् । माधव र उनका साथीहरुलाई विद्यालयमा कुटपिट भएको बिषय घरमा भनेमा नालामा डुबाइदिन्छु भनेर धम्की दिएको माधवका आफन्त बताउँछन् ।

अहिले माधवको मृत्यु भएको घटना सार्वजनिक भएपछि विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top