×

NEPAL TIMES UPDATES

Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026

मुलुकको कुल विद्युतजडित क्षमता १३ सय २५ मेगावाट पुग्यो

२७ असार २०७६

२७ असार, काठमाडौँ ।

चाल आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ भने ९१५ किलोमिटर सडक कालोपत्रे भएको छ । सो विद्युत् थप भएसँगै मुलुकको कुल विद्युत्जडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ जुन अघिल्लो आवको तुलनामा ७७ प्रतिशतले वृद्धि हो । त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको ७५७ किमी प्रसारण लाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । प्रधानमन्त्रीबाट चालु आवमा ‘जनताको जलविद्युत् कार्यक्रम’ शुभारम्भ गरिएको थियो ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज भएको मन्त्रालयगत वार्षिक समीक्षा बैठकमा चालु आवमा चार लाख २० हजार घरधुरीमा विद्युत् सेवा पु¥याइएको सम्बन्धित मन्त्रालयका सचिवले जानकारी दिए । पूर्वाधारतर्फ यस अवधिमा एक हजार ५० किमी सडक ग्राभेल भएको र ठूला साना गरी कूल २४३ पुल बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । त्यस्तै माटे सडक ३१५ किमी बनेको र ४२१ किमी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको मन्त्रालयले जनाएको छ । जयनगर–जनकपुर–कुर्था ३५ किमी रेललाइन तथा रेल्वे स्टेशन तयार भई आगामी असोजसम्म सञ्चालन हुने अवस्थामा पुगेको छ भने बथनाहा–विराटनगर १८ किमी रेल सञ्चालनका लागि तयार भएको छ ।

रक्सौल–काठमाडौँ १३५ किमी र काठमाडौँ–रसुवागढी ७२ किमी रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । कृषितर्फ यस अवधिमा अघिल्लो आवको तुलनामा खसीबोका आयात ४६ दशमलव नौ प्रतिशतले घटेको र रसुवा तथा थानकोट नाकामा अस्थायी क्वारेन्टाइन चेकपोष्ट स्थापना गरी सञ्चालन गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जानकारी दिएको छ ।

शहरी विकास कार्यक्रमअन्तर्गत तराई–मधेशका २० जिल्ला सदरमुकामका नगरपालिकामा शहरी पूर्वाधार विकासअन्तर्गत कूल २३० किमी शहरी सडक, ३३३ किमी सतही ड्रेन, १३ किमी ढल र तीन बसपार्क (इनरुवा, सिद्धार्थनगर र धनगढी) निर्माण सम्पन्न भएको छ ।

यस अवधिमा भूकम्प प्रभावित, ग्रामीण खानेपानी, वर्षात्को पानी सङ्कलनलगायत गरी कुल ५२६ आयोजनाको निर्माण सम्पन्न भई दुई लाख ८० हजार ८३९ जनसङ्ख्या आधारभूत तहको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । सरकारले असोज मसान्तसम्म नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने गरी काम भइरहेको जनाएको छ । यस आवमा काठमाडौँ उपत्यकाका सबै चलचित्र घरमा बक्स अफिस प्रणाली लागु गरिएको, नेपाल टेलिभिजनलाई एचडी प्रणालीमा रुपान्तरण गरिएको र रु पाँच करोड ३२ लाख ७४ हजार ८७७ को पत्रकार वृत्तिकोष स्थापना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
गौतमबुद्ध विमानस्थलको प्रगति ७३ प्रतिशत

बैठकमा पर्यटनतर्फ १०० नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी त्यसको विकास निर्माण सम्बन्धित स्थानीय तहबाट भइरहेको जानकारी दिइएको छ । त्यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नतिअन्तर्गत ६० प्रतिशत, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ७३ प्रतिशत र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ४२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरी २२ उद्योगीलाई सञ्चालनका लागि अनुमतिपत्र प्रदान गरिएको र एक उद्योगको परीक्षण उत्पादन शुरु गरिएको सम्बन्धित मन्त्रालयले जनाएको छ । यस अवधिमा सिमरा विशेष आर्थिक क्षेत्रभित्रको ब्लक ‘ए’ मा निर्माणाधीन गार्मेन्ट प्रशोधन क्षेत्रको निर्माणमध्ये आन्तरिक बाटो शतप्रतिशत, प्रशासनिक भवन तथा अन्य भवन ७० प्रतिशत, डिप बोरिङ ६० प्रतिशत र पानी ट्यांकी निर्माण शतप्रतिशत सम्पन्न भएको छ ।

रसुवाको टिमुरेमा चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहको निर्माण शुरु भएको, चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको लार्चामा सुख्खा बन्दरगाह निर्माण सम्पन्न भई तातोपानी नाका खुलेको र मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ ।

भूमि व्यवस्थाअन्तर्गत सगरमाथाको उचाइ मापनको फिल्ड कार्य सम्पन्न भएको, नापनक्शा र भूसूचना प्रविधिमा अत्याधुनिक प्रविधिको शुरुआत भएको र जग्गाको स्वामित्व परिवर्तन हुँदा सम्बन्धित जग्गाधनीलाई एसएमएस एलर्ट दिने व्यवस्था मिलाइएको जनाइएको छ । वनतर्फ दुई हजार ४४ हेक्टर अतिक्रमण हटाई वनको पुनस्थापना गरिएको, एक हजार पानी पोखरी निर्माण तथा सिमसार व्यवस्थापन गर्ने लक्ष्य लिइएकामा ९४१ वटा व्यवस्थापन भएको तथा चार हजार हेक्टर क्षेत्रफल वृक्षरोपण गर्ने लक्ष्य लिइएकामा चार हजार १०० हेक्टर वृक्षरोपण भएको बैठकमा जानकारी दिइएको छ ।

यस वर्ष ५६ लाख ३८ हजार २७० विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेको, चिकित्सा शिक्षा आयोग गठन भई कार्य प्रारम्भ भएको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसहितको टोलीद्वारा तयार गरिएको ‘नेप्स्याट १’ नामक न्यानो स्याटलाइट प्रक्षेपण भएको सरकारले जनाएको छ । यस अवधिमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७४ तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तयार भएको छ ।

हरेक नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने नीतिअनुरूप गत आवको अन्त्यसम्ममा ३३९ स्थानीय तहमा स्वास्थ्य बीमा लागू भएकामा यस आवमा ४६ जिल्लाका ४५६ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भई बीमित हुनेको सङ्ख्या १८ लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ज्येष्ठ नागरिक वार्ड स्थापना तथा सञ्चालन कार्यान्वयन निर्देशिका उपप्रधानमन्त्रीस्तरबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, हरेक प्रदेशमा कम्तीमा एक विशिष्टीकृत सेवासहितको अस्पताल रहने नीतिअनुरूप पाँच उपक्षेत्रीय अस्पताललाई सङ्घीय सरकारअन्तर्गत रहने गरी विशिष्टीकृत सेवा सञ्चालन गर्ने गरी तृतीय तहको अस्पतालमा स्तरोन्नति गरिएको जनाइएको छ ।

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम गत आवमा १४ जिल्लामा सञ्चालन भएकामा यस आवमा २९ जिल्लामा विस्तार गरिएको सम्बन्धित मन्त्रालयले जनाएको छ । त्यस्तै दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका विभिन्न जिल्लाका २५ गर्भवती तथा सुत्केरीको हवाइ उद्धार गरिएको पनि जानकारी दिइएको छ । युवा तथा खेलकुद मन्त्रालयतर्फ यस अवधिमा रु एक अर्ब ४६ करोड ८० लाख ५० हजार कर्जा लगानी गरी ११ हजार ८७९ जना स्वरोजगार भएको, इन्डोनेसियामा आयोजना भएको १८आँैं एशियाली खेलकुद प्रतियोगितामा नेपाल सहभागी भई प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको र थाइल्याण्डमा भएको विश्व शारीरिक सुगठनमा स्वर्णपदक प्राप्त गरेको सो मन्त्रालयले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अवधिमा कर्मचारी समायोजन तथा जनशक्ति व्यवस्थापनअन्तर्गत कुल ९९ हजार ५७२ कर्मचारी समायोजन भइसकेको र सात प्रदेशका ६०३ स्थानीय तहबाट विभिन्न पद गरी १५ हजार ९११ जनशक्ति पदपूर्तिका लागि माग भएबमोजिम लोकसेवा आयोगबाट विज्ञापन भइसकेको जनाएको छ ।

यस अवधिमा परराष्ट्र सम्बन्धमा दोस्रो बिआरआई फोरमको बैठकबाट अन्तर–हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल र नेपाल–चीन सीमापार रेलमार्ग समावेश भएको, नेपाल–चीन पारवहन तथा यातायात अभिसन्धिमा हस्ताक्षर भई सम्झौता कार्यान्वयनमा आएको, बङ्गलादेशसँग ऊर्जा व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस अवधिमा कम्बोडिया, भियतनाम, म्यान्मालगायत मुलुकसँग द्विपक्षीय तथा सहयोग सम्झौता भएको सरकारले जनाएको छ ।

रक्षा मन्त्रालयअन्तर्गत काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य शतप्रतिशत सम्पन्न भई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको, जग्गा अधिग्रहण हालसम्म ९६ प्रतिशत सम्पन्न भएको र शान्ति सेनामा भाग लिन जाने सकल दर्जाका सैनिकको छनोट प्रक्रियालाई थप निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन नयाँ ‘शान्ति सेना छनोट कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ । यसैगरी जाजरकोट–डोल्पा (दुनै) सडक निर्माण आयोजनाअन्तर्गत नेपाली सेनालाई जिम्मेवारीप्राप्त १०३ किमी सडकको ट्रयाक(साधारण बाटो) सम्पन्न गरी उद्घाटन भएको छ ।

गृह मन्त्रालयतर्फ राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी रणनीतिक योजना तर्जुमा गरी लागू गरिएको, राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली स्थापना गर्ने प्रथम चरणको कार्य सम्पन्न गरी ८० हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको, ७२३ स्थानीय तहको केन्द्रमा नेपाल प्रहरीका एकाइ रहेकामा यस वर्ष ३० स्थान थप गरी ७५३ स्थानीय तहमा नै विस्तार गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जनाइएको छ ।

Advertisement
Advertisement

साथै सशस्त्र प्रहरी बल नेपालका गण एवं गुल्म ५६ स्थानमा थप गरी हाल ७७ जिल्लामा विस्तार भई मुलुकको शान्ति सुव्यवस्थालाई थप सुदृढ र प्रभावकारी तुल्याइएको गृह मन्त्रालयले जनाएको छ । समीक्षा बैठकमा प्रधानमन्त्री ओलीसहित उपस्थित सबैले प्रधानमन्त्री कार्यालयस्थित एक्सन रुममार्फत राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे कार्यस्थलको प्रत्यक्ष भिडियो अवलोकन गरेका थिए । बैठकमा प्रधानमन्त्रीसहित मन्त्री, सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायत सदस्य उपस्थित थिए । अठार मन्त्रालयले आज प्रगति विवरण प्रस्तुत गरे भने बाँकी मन्त्रालयले शुक्रबार प्रगति विवरण प्रस्तुत गर्ने र प्रधानमन्त्रीले निर्देशन दिने जनाइएको छ ।– तीर्थ भटृराई /रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top