विराटनगरमा कुन वडामा कति बाढीपिडित ?

२८ असार, विराटनगर । अबिरल वर्षाका कारण विराटनगरका अधिकांश वडाहरु डुवानमा परेका छन् । डुबानका काथरण जनजीवन प्रभावित भएको छ ।

विराटनगरका वडा नम्बर १, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९ का मानिसहरु विशेषगरी बाढीवाट बढी प्रभावित भएका छन् । प्रभावित पीडितहरुलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ । विराटनगरस्थित वडा नम्बर १ को विजयपुर टोल नयाँ बस्ती, पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर बाढीपीडितहरुलाई राखिएको वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिएका छन्। वडा नम्बर २ को हनुमान मन्दिर छेउ र धनाबत चोकका स्थानीयहरु प्रभावित भए पनि घरमै बसेको वडाध्यक्ष कुमार पोखरेलले जानकारी दिए । वडा नम्बर ४ को इक्राही ,पुलचोक,अमाइ,जामुनगाछी,विमटोल, लगायतका क्षेत्र डुवानमा परेको वडाध्यक्ष देवेन्द्रराज पोखरेलले जानकारी दिए । वडा नम्बर ७ मा पानिको सतह घटेपछि शनिवार आफ्नै घरमा बाढीप्रभावित परिवारहरु फर्केको वडाध्यक्ष मधुवावु तिवारीले जानकारी दिए । वडा नम्बर ८ को सिंघाइ तट मोरङ कारागार पूर्व दक्षिण क्षेत्रका स्थानीहरु बाढीको चपेटामा परि घरवार विहिन बन्ने अवस्था आएको वडाध्यक्ष निश्चल अर्यालले जानकारी दिए । वडा नम्बर ११ को ब्रमपुरा र धुधुवामा बाढी पिडितहरु रहेका छन् ।

Advertisement

उनीहरु घर छोड्न नमानेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए । वडा नम्बर १२ को बखरी निम्नमाध्यमिक आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारहरुलाई राखिएको वडाध्यक्ष हिरालाल कामतले जानकारी दिए । यस्तै वडा नम्बर १६ को मिल्स मावि र हुलास मेटलमा बाढी प्रभावितहरुलाई राखिएको वडाध्यक्ष मनोज सुव्बाले जानकारी दिए । वडा नम्बर १९ का विभिन्न स्थानमा बाढीप्रभावित रहेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडाध्यक्ष बद्रीनारायण सरदारले जानकारी दिए ।

Advertisement

सेल्टर र विद्यालयमा राखिएका बाढीप्रभावितहरुलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको छ । बाढी प्रभावितहरुको अबस्था बुझ्ने र संख्या एकिन गर्ने काम भइरहेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरमा राहत तथा उद्धारका लागि विभिन्न सामाजिक संघसंस्थाहरु समेत खटिएका छन् । सबै वडाहरुमा मेयर पराजुली सहित उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर बस्तुगत अबस्था बुझ्ने काम गर्नका साथै आबश्यक प्रबन्ध गर्ने काममा जुटेको महानगरले जनाएको छ । ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top