Nepal Times
Nepal Times
3
Shares

तालाबन्दी नखुल्दा वडावासीलाई समस्यामा

तालाबन्दी नखुल्दा वडावासीलाई समस्यामा

इलाम, माघ १७
इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ ।

कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाबाट विनियोजित रु २० लाखबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटो निर्माण समिति बनाउने क्रममा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरेको भन्दै तालाबन्दी गरिएको बताइएको छ ।

नेपाली काँग्रेस, संघीय समाजवादी र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर उपभोक्ता समिति बनाइएकाले समानताको माग गर्दै बाम गठबन्धनका दलहरू आन्दोलित बनेको संयुक्त आन्दोलन समिति संयोजक भरत घिमिरेले जानकारी दिए ।

यता वडाध्यक्ष लिम्बूले भने पटक पटक बैठकमा बोलाइएको तर आन्दोलित समूहका कोही पनि नआएको बताए । आन्दोलित समूहले गत माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.