×

NEPAL TIMES UPDATES

Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026

सकियो हिसान स्पोर्टस् मिट,  फुटबलको उपाधि ग्रिनल्याण्ड, भलिबलको मोर्डन एरा र रेडस्टारलाई

१७ माघ २०७४

विराटनगर, माघ १७
हिसान मोरङको आयोजनामा भएको ८ औं हिसान स्पोर्टस् मिट भव्य कार्यक्रम आयोजना गरी मंगलबार सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भएको फुटबलमा फाइनलमा ग्रिनल्याण्ड र पुरुष भलिबलमा मोर्डन एरा र महिला भलिबलमा पथरीशनिश्चरेमा रहेको रेडस्टारले उपाधि जितेको हो ।

स्थानिय सहिद रङगशालमा भएको फुटबलको फाइनलमा विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजले मेरील्याण्डलाई टाईब्रेकमार ५–४ गोल अन्तरले पराजित गरी उपाधि जित्न सफल भयो । निकै रोमान्चक भएको खेलको निर्धारीत समयसम्म २÷२ गोलको बराबरी भएपछि खेलको निर्णाय टाईब्रेकरबाट भयो ।

Advertisement
Advertisement

टाईब्रेकरमा ग्रिनल्याण्डका शुसान्त कटुवाल, सरध राई, अनिश राई, हितमान लिम्बु र अनिश चौधरीले गोल गरी उपाधिको भागिदार बने । मेरील्याण्डका तर्फबाट विजय पोखरेल, सन्दिप कार्की, स्वीकार भट्टराई र रसिब अधिकारीले मात्र गोल गरे ।

फाइनलको म्यान अफ म्याच मेरील्याण्डका नविन सुनवार घोषित भए । प्रतियोगिताको म्यान अफ द सिरीज अरनीको कलेजका नविन चौधरी, बेस्ट गोलकिपर कान्तिपुरका एटलान्टिक चौधरी, हाइस्कोर ग्रिनल्याण्डका सरध राई र वेस्ट डिफेन्डर पनि ग्रिनल्याण्डका हितमान लिम्बु घोषित भए ।

त्यसैगरी विराटनगरमा रहेको कोशी क्याम्पसमा भएको पुरुष भलिबलको उपाधि मोर्डन एरालाई र महिला भलिबलको उपाधि पथरीशश्चिरेमा रहेको रेडस्टारले जितेको छ ।

पुरुषतर्फ भएको फाइनल खेलमा कान्तिपुर कलेजलाई २५–२१, २५–१९ र २५–८ को सोझो सेटले पराजित गरी मोर्डन एराले उपाधि जित्यो ।

त्यस्तै महिलातर्फ भएको भलिबलमा रेडस्टारले अरनीको कलेजलाई २५–२०, २५–८ र २५–१३ को सोझो सेटले पराजित गरी रेडस्टारले भलिबको उपाधि जितेको हो ।

महिलातर्फको बेस्ट सर्भिस मोर्डन एराका एलिन राई, बेस्ट डिफेन्ट अरनीको निरीक्षा विष्ट, वेस्ट स्पाइकर शिक्षादीपकी अन्जली राजवंशी घोषित भए ।

त्यस्तै पुरुषतर्फको म्यान अफ द बास्केटबलमा मोर्डन एराका बालकुमार रायमाझी, बेस्ट लिफचर कान्तिपुरका विज्ञान श्रेष्ठ, वेस्ट लिब्रो अरनीको निश्चल मण्डल, बेस्ट स्टाईकर र बेस्ट बलकरमा क्रमशः मोर्डन एराका दलकुमार रायमाझी तथा सन्तोष कुमार तामाङ घोषित भए ।

यस अघि सम्पन्न भएको क्रिकेटतर्फको उपाधि विराटनगरमा रहेको कान्तिपुर कलेजले जितेको थियो । त्यस्तै बास्केटबलको उपाधि भानु कलेजले, टेवलटेनिस छात्र टिम इभेन्टमा कान्तिपुरले, टिम भइेन्ट छात्रातर्फ शिक्षादीपले उपाधि जितेको थियो ।

त्यसैगरी सिङगल छात्रतर्फ मेरील्याण्डका राहुल साहले कान्तिपुरका शुभम श्रेष्ठलाई ३ –१ को सेटले पराजित गरी मेरील्याण्डका राहुल प्रथम र छात्रातर्फ कान्तिपुरकी अन्जली मण्डलले मेरील्याण्डकी अंकिता उदासलाई ३–२ को सेटले पराजित गरी कान्तिपुरकी अन्जली प्रथम भएकी थिइन् ।

९ माघदेखि विराटनगरमा सुरु भएको प्रतियोगितमा जिल्लाभरीको हिसानमा आवद्ध भएका २३ वटा कलेजका १ हजार ६ सय जना विद्यार्थीहरुले प्रत्यक्ष भाग लिएको हिसान मोरङका उपाध्क्ष राजेश कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement

विजयी हुने टिमलाई विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे, उपाध्यक्ष भेषराज पोखरेल, महासचिब लोक बहादुर भण्डारी, मोरङ अध्यक्ष बलराम पन्तलगायले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top