भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा डुबान

२९ असार ७६, आइतबार

राजविराज – भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । कोसीको पानी बस्तीमा पसेपछि करिब ३ सय घरपरिवार विस्थापित भएका छन् ।

Advertisement

कोसीको जलस्तर बढ्ने क्रम जारी रहेकाले ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म १८ किलोमिटर नेपाली भूभागमा रहेको पश्चिमी तटबन्धमा जोखिम बढेको छ । तटबन्ध नाघेर वा कटान भएर कोसीको पानी बस्तीमा पस्यो भने हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाका गरी पाँच लाखभन्दा बढी जनताको उठिबास हुने हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले बताए । पश्चिमी तटबन्ध बचाउन तत्काल कोसीको धार परिवर्तन गरी मध्य भागमा लैजानुपर्ने उनको भनाइ छ ।

कोसीको बहाव शनिबार साँझ करिब ३ लाख क्युसेक प्रतिसेकेन्ड थियो । कोसीको धार पश्चिमतर्फ फर्काउन भारतीय पक्षले चार वर्षअघि एकतर्फी रूपमा पाइलट च्यानल निर्माण गरेको हो । कोसीको पानी विगतमा ब्यारेजभन्दा दक्षिणपूर्वी तटबन्धको छेउ भएर बग्दै आएको थियो । पूर्वी तटबन्ध छेउबाट नदी बग्दा एक किलोमिटर दक्षिणमै भारतीय सीमा पर्ने भएकाले बस्ती जोगाउन भारतीय कोसी योजनाले धार परिवर्तन गर्न पाइलट च्यानल बनाएको हो । योजनाले ब्यारेजको २८ नम्बर ढोकानजिक कोसीको बीचबाट पाइलट च्यानल खनी पश्चिमतर्फ धार फर्काएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top