मलेसियामाथि नेपालको ऐतिहासिक क्लिनस्विप, दोस्रो खेल नेपाल ६ रनले विजयी

२९ असार, काठमाडौँ ।
मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा नेपालले ऐतिहासिक क्लिनस्वीप गरेको छ । आईतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २–० ले सिरिज क्लिनस्विप गरेको हो । नेपालले पहिलो खेलमा शनिबारे मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

आइतबार १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा अभिनाश बोहोराले उत्कृष्ट बलिङ गर्दै ७ रनमात्र खर्चिए । मलेसियाका लागि ओपनर सैद अजिजले ३७ बलमा ७ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । ११ औं ओभरको पहिलो खेलमा सोमपाल कामीले अजिजलाई ललित नारायण राजवंशीबाट क्याच गराए ।

अजिजले पहिलो विकेटका लागि अर्का ओपनर विरनदीप सिंहसँग ९।५ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अभिनाष बोाहोराले कट विहाइन्ड निकाल्दै विकेटकीपर विनोेद भण्डारीबाट २३ बलमा २ चौका र १ छक्का सहित २३ रनमा आउट भए ।

Advertisement

मलेसियाको मध्यक्रमका ब्याट्सम्यानको प्रर्दशन भने खराब रह्यो । कप्तान अहमद फैज १७,शफिक शरिफ १०, अनवार अरुदीन ७ रनमा क्याच आउट गराए । तल्लोक्रममा अमिनुद्दीनले ११ बलमा ३ छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए । मुहमद सहादत २१ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट हात पारे । अभिनास बोहोरा, करण केसी, र कप्तान पारस खड्काको नाममा समान १(१ विकेट रह्यो ।

Advertisement

त्यसअघि विकेटकीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले मलेसियालाई दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको थियो ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको १ सय ७३ क्षतिमा रन बनायो । टी ट्वान्टी आईमा नेपालले बनाएको यो हाल सम्मकै उच्च स्कोर हो । यस अघि सन् २०१४ को टी ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्द बनाएको १ सय ४९ रननै नेपालको टी–ट्वान्टी आईमा उच्च स्कोर रहँदै आएको थियो । नेपाललाई कीर्तिमानी योगफलसम्म पुर्याउन विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का सहित ५१ रनमा अविजित रहे । उनले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले ४० रनको महत्वपूर्ण योगदान दिए । १६ औं ओभरको पहिलो बलमा छक्का, दोस्रोमा चौका र तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शरद अमिनुदीन रामिल्यबाट क्याच आउट हुनुअघि शरद भेषवाकरले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

 

नेपालले पहिलो विकेटका रुपमा ओपनर पवन सरार्फलाई १० रनमा गुमाएको थियो । सैद अजिज को पाँचौ ओभरको पाँचौ बलमा फिल्डिरले क्याच छाडेपनि पारससँग रनमा तालमेल गर्न नसक्दा पवन रन आउट हुन पुगे । फ्रिती सामको छैटौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल खराब सर्ट खेल्दै ७ रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा कप्तान पारस खड्का पनि ठूलो सर्ट खेल्ने धुनमा विरनदीप सिंहबाट २३ रनमा क्याच आउट भए । पारसले १९ बलमा समान समान २ चौका र छक्का प्रहार गरे ।

चौथो विकेटका लागि रोहित कुमार पौडेल र ब्याट्सम्यान शरद भेषवाकरले ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सैद अजिजको १३ औं ओभरको पाँचौ बलमा रोहित सामबाट १९ रनमा क्याच आउट भए । रोहितले २३ बलमा १ चौका प्रहार गरे । त्यस्तै करण केसीले ब्याटिङ गर्दै १० बलमा समान १ चौका र छक्का सहित १६ रनमा क्याच आउट भए । मलेसियाका लागि फ्रिती सामले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सैद अजिज र सर्विन मुनियनले समान एक विकेट लिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top